5 years ago
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त उपाध्यक्ष शिव कोइराला ज्वालाले सामूहिक खेलकुद विकासका लागि सामूहिक नेतृत्वमा जोड दिएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट राखेपको उपाध्यक्षका रुपमा सपथ गरेसँगै उनले सामूहिकतामा राखेप अघि बढ्न सक्नेमा प्रण गर्ने बताएका थिए । सदस्य सचिव रमेशकुमार सिलवालले पनि सोही अवसरमा सपथ गरेका थिए । मन्त्री परिषद्को सोमबार बसेको बैठकले कोइरालालाई उपाध्यक्ष र सिलवाललाई राखेपको सदस्य सचिव नियुक्त गरेको थियो ।
सरकारले दिएको जिम्मेवारीका लागि खेलकुद मन्त्री विश्वकर्मामार्फत धन्यवाद दिएका कोइरालाले भने, ‘खेलकुद क्षेत्रको विगत, वर्तमान र भविष्य फरक हुनुपर्दछ भन्ने सोचसहित विगत वर्तमान होइन, वर्तमानले मात्रै भविष्य देख्दैन । तर भविष्यलाई हेरेर वर्तमानमा योजना बनाउनुपर्ने हुन्छ ।’
सामूहिकतामा राखेपलाई अघि बढाउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढ्ने प्रण गरेका कोइरालाले भने, ‘बच्चा जन्मिदै गर्दा आमाले मेरो बच्चा भविष्यमा खेलाडी होस् भन्ने सपना देख्ने अवस्थाको सृजना गर्न प्रयत्न गर्नुपर्दछ । उनले काम गर्दा कम कमेन्ट गर्ने गरि काम गर्न प्रयास गर्ने र सबैबाट सहयगोका अपेक्षा राखेपको बताए ।’
सपथ पछि सदस्य सचिवसँगै बुधबार नै पदभार ग्रहण गरेपछि उपाध्याक्ष सिलवालले राखेपले आज सम्म खेलकुद क्षेत्रलाई जुन फड्को मार्दै आएको छ । त्यसलाई आगामी दिनमा अझै गुणात्मक गति दिन सकिन्छ भन्ने उद्देश्यका साथ आफु प्रस्तुत हुन चाहेको बताए । उनले त्यसका लागि सबैको सहकार्य आश्वयक रहेकोमा जोड दिए ।
गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रचार प्रसार संयोजकका रुपमा अनुभव बटुलेका कोइराला राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष एवंम् नेकपाको भातृ संगठन नेपाल खेलकुद महासंघका सह अध्यक्ष हुन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]