5 years ago
July 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिने भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित मन्त्रालयलमा सपथ गराउने कार्यक्रम तय भएको राखेपका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए ।
कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो । उपाध्यक्ष र सदस्य सचिवले सपथ पछि आजै राखेपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गते सँगै सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए ।
कोइराला पहिलो पटक राखेपमा प्रवेश गरेका हुन् । उनीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रचार प्रसार विभागको संयोजक रहेका थिए । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्याकाल ४ वर्ष रहेको छ ।
कारण देखाउ आदेश
मंगलबार मात्रै सरकारले रमेश सिलवाललाई राखेप सदस्य सचिवमा नियुक्त गरेका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । टीकादत्त दाहालले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले १५ दिन भित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो । रिटमा राखेप र मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिलाई पनि विपक्षी बनाइएको छ ।
निवेदक दाहालले देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयको वेबसाइटमा ७ दिने सूचना जारी गरेको, अन्य सञ्चारमाध्यममार्फत सूचना नदिएर प्रक्रिया मिचेको तथा सूचना मन्त्रालयको लेटरप्याडमा जारी गरिनु कानुनविपरीत भएको रिटमा दाबी गरेका थिए।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले निवेदक दाहालले आफू पनि सो पदको लागि योग्य रहेको तर सूचना नपाउँदा आवेदन दिन नपाएको तथा देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयको वेबसाइटमा ७ दिने सूचना जारी गरेको भन्दै रिट दायर गरेको जानकारी दिएका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]