5 years ago
July 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई यसै साता सम्मान गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सागका स्वर्ण पदक विजेतालाई शुक्रबार सम्मान गर्न लागिएको विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिएका छन् ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता हात पार्ने क्रममा ५१ स्वर्ण पदकसहित २ सय ७ पदक जितेको थियो । ३६ वर्षे साग इतिहासको पदक तालिकामा नेपाल दोस्रो भएको त्यो दोस्रो अवसर हो । त्यसअघि आठौं सागमा पनि नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।
कांग्रेसले स्वर्ण पदक विजेता व्यक्तिगत र समूहगत सबैलाई समान १० हजार रुपैयाँ दिने तयारी गरेको विभागका उप संयोजक मोहन राईले बताए । दोहोरो स्वर्ण पदक जित्ने ३ खेलाडीले १५ र ४ स्वर्ण पदक जित्नेतलाई कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ । पौडीकी गौरिका सिंहले १३ औं सागमा ४ स्वर्ण पदक जितेकी थिइन् भने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङले समान २ स्वर्ण पदक जितेका थिए । समूहगत खेलमा नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेका थिए ।
संघिय राजधानीमा रहेका स्वर्ण पदक विजेतालाई पार्टी कार्यालय सानेपामा आयोजना हुने कार्यक्रममा सम्मान गरिने र जिल्लामा हुने खेलाडीको हकमा सोही जिल्लामा पार्टीमार्फत सम्मान गरिने उपसंयोजक राईले बताए । केहि दिन अघि विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्को चरणमा सागका रजत र कास्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने विभागका संयोजक मोहनबहादुर बस्नेतले बताएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]