5 years ago
July 27, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज नयाँ सदस्य सचिव नियुक्त हुने सम्भवना छ । मन्त्री परिषद्को आज (सोमबार) साँझ ५ः०० बजेलाई बोलाइएको बैठकमा सदस्य सचिव नियुक्त हुने सम्भावना रहेको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले निर्वतमान सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गर्दै बुधबार नै मन्त्रीपरिषदमा दर्ता गराएको थियो ।
सिफारिस भएका तीनै जना भलिबल संघ प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका छन् । सिलवालले यसअघि भलिबल संघकै सिफारिसमा पहिलो पटक सदस्य सचिवको नियुक्ती पाएका थिए । यद्दपी उनी लामो सयम नेपाल क्रिकेट संघ (क्यान) मा विभिन्न भूमिकामा रहेका थिए । लामो समय राष्ट्रिय महिला भलिबल टोलीमा रहेकी अन्जु नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक रजत पदक जित्दा त्यसको सदस्य थिइन् । त्यस्तै थापाले यसअघि नेपाल भलिबल संघमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । यद्दपी छनोट प्रक्रिया राजनीतिक प्रभावबाट रुपबाट भने अलग रहन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा समेत रहेका निवर्तमान सदस्य सचिव सिलवाल दोस्रो पटक सदस्य सचिव हुने प्रवल सम्भावना रहेको बताइन्छ । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जना नाम मन्त्रालयलाई सिफरिस गरेको थियो ।
५ वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम मन्त्री विश्वकर्मालाई सिफारिस गरेको थियो ।
सिफारिस समितिका सदस्य इन्दिरा निरौला, रामप्रसाद थपलिया र रिम रानाभाट
नयाँ ऐन अनुसार विगतमा सदस्य सचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ । छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।
गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । केहि दिन अझै आफु सदस्य सचिवकै रुपमा रहेको उनले दाबी गरिरहँदा मन्त्रालयले सह सचिवलाई कार्यवहाक सदस्य सचिव तोकेसँगै सिलवालले त्यसलाई स्वीकार गरेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]