5 years ago
July 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीसहित २१ शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी बढुवा भएका छन् । नियमित प्रक्रिया अनुसार सबै २१ जना खेलाडी शसस्त्र जवानबाट सहायक हवलदारमा बढुवा भएको एपिएफका इन्स्पेक्टर विजय केसीले जानकारी दिए ।
गोपीचन्द्रसहित सागमा कास्य पदक जित्ने फेन्सिङका ज्ञानेन्द्र तिमिल्सना र सहभागी एथलेटिक्सकी फुलमती राना छिन् । त्यस्तै सागमा रेफ्रीको भूमिका निर्वाह गर्ने सहदेव श्रेष्ठ र मेरिना धामी पनि बढुवा भएका हुन् । शसस्त्र प्रहरी उपरिक्षक तुलसीराम दहालले उनीहरुर्लाइ बुधबार दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।
बुधबार दर्जान्ही चिन्ह लिने खेलाडीमा गोपी, मेरिना, ज्ञानेन्द्र, फुलमतीसहित बक्सिङकी सरस्वती राना, कबड्डी गमला तचाम र देवा घले उपस्थित थिए । बाँकी खेलाडी भने जिम्मेवारी निर्वाहका क्रममा उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसकेको इन्स्पेक्टर केसीले जानकारी दिए । गोपीले गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
बढुवा भएका खेलाडीको नामावली
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]