default_image

5 years ago

July 15, 2020

राखेप सदस्यसचिवमा सिलवालसँगै भलिबलकी अञ्जु र निलमको आवेदन

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसँगै पूर्व राष्ट्रिय महिला भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा आवेदन दिएका छन्।

राखेप सदस्य–सचिवको लागि खुला आह्वान गरिएको एक दिन बाँकी रहँदा सिलवालले आफ्नो प्रतिनिधिमार्फत बुधबार आवेदन दिएका  हुन् । बुधबारै श्रेष्ठ र बज्राचार्यले पनि स्वयं आवेदन दिएका हुन् । श्रेष्ठ नेपाली महिला भलिबल टिमकी पूर्व कप्तान हुन् । निलम नेपालको महिला टिमले २०४४ सालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको सदस्य रहेकी थिइन् ।

अन्जु आठौं सागमा नेपालले कास्यपदक जित्दा टोलीका सदस्य तथा १०औं सागमा कास्य जित्दा टोलीका कप्तान थिइन् । हाल लक्ष्मीनारायण ट्रष्टको अध्यक्ष रहेकी अन्जु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षक पनि छिन् । अन्जुले एफआईभीबी लेभल टु प्रशिक्षक तालिम पूरा गरेकी छन् । अन्जुले व्यवस्थापन र शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् ।

यस्तै अर्थशास्त्रमा स्नातकोत्तर गरेकी निलमले सदस्यसचिवमा नपरेपनि पछिल्लो पुस्ताको लागि केही होस् भनेर उम्मेदवारी दिएको बताइन् । विद्यालय स्तरको वीरेन्द्र शिल्ड, जिल्ला हुदै अञ्चल स्तरीय भलिबल खेलिसकेकी बज्राचार्य नेपालले २०४४ मा थाइल्यान्डको बैंककमा पहिलो महिला भलिबल प्रतियोगिता खेल्दा टोलीको सदस्य रहेकी थिइन् । उनले त्यसपछि अध्ययनलाई निरन्तरता दिदा खेललाई निरन्तरता दिन नसकेपनि पछिल्लो समय आफु खेलमै निरन्तर रहेको बताइन् ।

बिहीबार दरखास्त आह्वान सकिएसँगै तीन सदस्यीय सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पठाउनेछ । मन्त्रालयले मन्त्री परिषदको बैठकमा नाम पेश गर्नेछ । त्यसमध्येबाट एक जना राखेपको सदस्यसचिव नियुक्त हुनेछ ।

राखेपको इतिहासमा पहिलोपटक सदस्यसचिवका लागि खुला आह्वान भएको हो । बुधबारसम्म ११ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको नाम युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक नगरेपनि नेपाल क्रिकेट संघको बागमतीका कोषाध्यक्ष अनिल अधिकारी र रोशन महर्जनले पनि आवदेन दिएको बताइएको छ ।

यो पनि पढ्नुहोस :

सदस्य सचिव नियुक्ति : सिफारिस समितिमा निरौला र रानाभाट

अन्जु श्रेष्ठ : देशका लागि पदक ल्याउने बुबाको सपना पूरा गरें

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.