5 years ago
July 11, 2020
प्रकाश तिमल्सिना,काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा नियुक्त हुने सबै भन्दा बलियो सम्भावना रहेका रमेशकुमार सिलवालले सो पदका निवेदन दिने विषयमा निर्णय लिई नसकेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले राखेप नयाँ सदस्य सचिवका लागि शुक्रबार दरखास्त आव्हान गरेको थियो । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले सार्वजनिक सुचना जारी गर्दै सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको हो ।
६ दशक लामो इतिहास बोकेको राखेपमा खुला आव्हानबाट सदस्य सचिव नियुक्त हुन लागेको यो पहिलो पटक हो । यसअघि खेलकुद मन्त्रीले सदस्य सचिव नियुक्त गर्दै आएका थिए । सदस्य सचिव सिफारिसका लागि शुक्रबार नै ३ सदस्यीय सिफारिस समितिले पूर्णता पाएको थियो ।
निर्वतमान सदस्य सचिव सिलवालले सबै प्रक्रिया आफ्नो नोटिसमा रहे पनि सदस्य सचिवका लागि आवेदन दिने विषयमा निर्णय लिइ नसकेको बताएका छन् । ‘सदस्य सचिवका लागि सिफारिस समिति बनेको, त्यसले कार्यविधि बनाएको भन्ने मेरो जानकारीमा छ,’ उनले भने, ‘सदस्य सचिव बन्न चाहनेले कार्ययोजना पेश गर्नुपर्ने भन्ने पनि थाहा छ । समय बाँकी छ । अहिले केहि सोचेको छैन । म अध्ययनकै क्रममा छु ।’
सिलवालले अहिले जति पनि प्रक्रिया भइरहेका छन् यसले सदस्य सचिव नियुक्तीको प्रक्रियालाई लम्बाई रहेको पनि बताए । ‘यो जागिर खने निवेदन जस्तो होइन, ‘उनले थपे, ‘यो प्रक्रियालाई फास्ट ट्रयाकबाट गर्न सकिन्थ्यो । ‘
प्रधानमन्त्री केपी ओलीका निकटका सिलवालले चाहँदा सम्म सम्भवत अर्को व्यक्ति सदस्य सचिव नियुक्ती हुने सम्भावना कम भएको खेलकुद क्षेत्रमा चर्चा छ । सदस्य सचिवका लागि आवश्यक सबै ५ मापदण्ड पुरा गर्ने र सदस्य सचिवको एक वर्षको अनुभव बटुलेका सिलवाल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् ।
सिफारिस समितिले मन्त्रालय र मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर सदस्य सचिवको नियुक्त गर्ने भएकाले प्रधानमन्त्री ओलीले रुचाएको व्यक्ति सदस्य सचिव हुने नै सबै भन्दा बलियो सम्भावना रहन्छ । यद्दपी सिलवाल अझै आफ्नो पत्ता खोल्ने पक्षमा भने देखिएका छैनन् ।
सिलवालले सदस्य सचिवमा पुनः नियुक्ती लिन चाहेको खण्डमा नयाँ ऐनको व्यवस्तालाई उनले पुरा गर्न भने बाध्य हुनेछन् । ऐन लागु हुुँदा पनि केहि समय आफ्नो पद यथावत रहने बताए सिलवालले बताएपनि मन्त्रालयले कार्यवहाक सदस्य सचिव तोकेपछि सिलवालले सो निर्णयलाई मान्नु परेको थियो ।
खेलकुद विकास ऐनका अनुसार मन्त्रालयका सचिव रामप्रसाद थपलिया सिफारिस समितिका संयोजक रहनेछन् । युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले शुक्रबार रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए । समितिको शुक्रबार नै बसेकको बैठकले कार्यविधि तयार गरेको छ ।
ऐनले तोकेको मापदण्ड पुरा गर्ने व्यक्तिले ७ दिन भित्रमा सदस्य सचिवका लागि आवेदन दिने सक्नेछन् । सदस्य सचिवको इच्छुक उमेदवारले कार्ययोजनासहित मन्त्रालयमा इमेलका मार्फत पेश गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्ययोजनाको अध्ययनपछि एक महिलासहित कम्तीमा ३ जनाको नाम समितिले सिफापिरस गर्नेछ । मन्त्रालयले मन्त्रीपरिषद्मा उमेदवारको नाम प्रस्तुत गर्ने र त्यसबाट एक जना सदस्य सचिवमा नियुक्त हुनेछन् ।
कार्यविधिमै सदस्य सचिवका लागि आवश्यक निवेदन नपरेमा वा परेका निवेदन पनि आयोग्य भएमा पुन अर्को सुचना जारी गर्न सक्नेछ । दोस्रो पटक सुचना जारी गर्दा पनि आवश्यक संख्यामा निवेदन नपरेमा वा परेका निवेदनमा योग्य नभएमा समितिले उपयुक्त व्यक्ति छनोट गरि औचित्यका आधारमा सिफारिस गर्न सक्नेछ ।
नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते खेलकुद विकास ऐन २०७७ प्रमाणिकरण गरेपछि निवर्तमान सदस्यसचिव सिलवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु पदमुक्त भएका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]