5 years ago
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको छ । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको हो ।
फाइल तस्बिर : राखेपका निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल र पूर्व सदस्य सचिव केशवकुमार विष्ट (दायाँ)
६ दशक लामो इतिहास बोकेको राखेपमा खुला आव्हानबाट सदस्य सचिव नियुक्त हुन लागेको यो पहिलो पटक हो । यसअघि खेलकुद मन्त्रीले सदस्य सचिव नियुक्त गर्दै आएका थिए । सदस्य सचिव सिफारिसका लागि शुक्रबार नै सिफारिस समितिले पूर्णता पाएको थियो ।
खेलकुद विकास ऐनका अनुसार मन्त्रालयका सचिव रामप्रसाद थपलिया सिफारिस समितिका संयोजक रहनेछन् । युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले शुक्रबार रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए । समितिको शुक्रबार नै बसेकको बैठकले कार्यविधि तयार गरेको छ ।
सिफारिस समितिका इन्दिरा निरौला, रामप्रसाद थपलिया र रिम रानाभाट
ऐनले तोकेको मापदण्ड पुरा गर्ने व्यक्तिले ७ दिन भित्रमा सदस्य सचिवका लागि आवेदन दिने सक्नेछन् । सदस्य सचिवको इच्छुक उमेदवारले कार्ययोजनासहित मन्त्रालयमा इमेलका मार्फत पेश गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्ययोजनाको अध्ययनपछि एक महिलासहित कम्तीमा ३ जनाको नाम समितिले सिफापिरस गर्नेछ । मन्त्रालयले मन्त्रीपरिषद्मा उमेदवारको नाम प्रस्तुत गर्ने र त्यसबाट एक जना सदस्य सचिवमा नियुक्त हुनेछन् ।
कार्यविधिमै सदस्य सचिवका लागि आवश्यक निवेदन नपरेमा वा परेका निवेदन पनि आयोग्न भएमा पुन अर्को सुचना जारी गर्न सक्नेछ । दोस्रो पटक सुचना जारी गर्दा पनि आवश्यक संख्यामा निवेदन नपरेमा वा परेका निवेदनमा योग्य नभएमा समितिले उपयुक्त व्यक्ति छनोट गरि औचित्यका आधारमा सिफारिस गर्न सक्नेछ ।
नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते खेलकुद ऐन २०७७ प्रमाणिकरण गरेकी थिइन्। त्यसको १ हप्तापछि असार १८ गते निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु पदमुक्त भएका थिए।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]