5 years ago
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि (एनओसी) लाई हस्तान्तरण गरेका हुन् । रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद दिदै १३औं साग सबै सरोकारवाला निकायको सामुहिक प्रयासका कारण ठुलो सफलता हात पारेको बताए ।
अध्यक्ष श्रेष्ठले यो प्रतिवेदन भविष्यको कार्यक्रमको लागि पनि सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको सहभागिता थियो ।
गत वर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्यपदकसहित कुल २०७ पदक जित्दै दोस्रो स्थानमा हात पारेको थियो ।
३६ वर्षे लामो साग इतिहासमा नेपालले जितेको यो सबैभन्दा धेरै स्वर्ण र पदक हो । नेपाल त्यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा आठौं सस्करणको साग आयोजना गरेको थियो ।
यसैबीच रानाभाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव सिफारिस समितिको सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको समितिमा अर्काे सदस्यका रुपमा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला नियुक्त भएकी छिन् ।
खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शुक्रबार समितिलाई पूर्णता दिने क्रममा रानाभाट र निरौलालाई सदस्य नियुक्त गरेका हुन् । अब राखेपमा नयाँ सदस्य सचिव नियुक्तीका लागि प्रक्रिया सुरु भएको छ। मन्त्रालयले शुक्रबार नै सुचना जारी गर्दै ७ दिन भित्र राखेप सदस्य सचिवमा आवेदनका लागि खुला आव्हान गरको छ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]