default_image

5 years ago

July 5, 2020

सागका पदकधारी दिवसको मोडलिङ यात्रा

276 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

तातामीमा पदकका लागि संघर्ष गर्दै आएका कराते खेलाडी दिवस श्रेष्ठ ग्ल्यामरको दुनियाँमा पनि प्रवेश गर्ने तयारीमा छन् । करातेमा जमेका दिवस मोडलिङको दुनियाँमा कस्तो रेन्सपन्स आउला भन्नेमा उत्साहित छन् ।

‘मेरो लागि यो नितान्त नयाँ क्षेत्र हो । एक दुई पटक र्याम्पमा हिडेको बाहेक यसमा मेरो खासै अनुभव छैन’, उनले भने, ‘कोभिड १९ कारण फुर्सदको समयमा एउटा गितमा मोडलिङ गर्ने सल्लाह भयो । दुई दिनमा सुटिङ सकियो । अब केहि दिनमा रिलिज गर्ने तयारीमा छौं ।’

सञ्चारकर्मी समेत रहेकी आमा प्रतिमा श्रेष्ठको शब्द रहेको गितको भिज्युलमा दिवस व्यावसायिक मोडल सब्बु शाहीका साथ देखिने छन् । मोडलिङमा उनको सम्भावना आमाले देखेकी थिइन् । ‘म फुर्सदमा टिकटक बनाइराख्ने । अरुको शब्दमा अभिनय गर्ने । ममीलाई त्यो मन परेकोले होला । मोडलिङ गर्दा राम्रै हुन सक्छ भन्ने सल्लाह भयो’, उनले भने, ‘सामान्य सौख पुरा गर्दा अर्को सम्भावना देखिन्छ भने किन नगर्ने भन्ने भयो । नयाँ कामका लागि म सधै उत्साहित हुन्छु ।’

‘सुनन तिमी राम्रो लाग्यो’ भन्ने वविता मानन्धरको स्वर रहेको गितको भिज्युयलमा दिवसले खेलाडीकै भूमिकामा अभिनय गरेकोले पनि खासै अप्ठेरो नलागेको अनुभव सुनाए । ‘म जे हु त्यहि भूमिका भएकाले सहज लाग्यो । बास्केटबल खेल्ने र करोते खेलेकै सिनहरु भिज्युलमा छ’, भिडियोका बारेमा उनले थपे, ‘मेरो जीवनमा मैले जे गर्दै आएको छु त्यो मेरो लागि नेचुरल भयो । खाली फरक भनेको क्यामरा फेस गर्नुपर्छ भन्ने मात्र फरक अनुभव हो ।’

गितको भाव अनुसार अभिनय गर्दा रमाइलो लागेको पनि उनले सुनाए । ‘केटाको खेल देखेर केटी प्रभावित हुने । मख्ख पर्ने । अनि केटा सुरुमा अलि भाउ खोज्ने र पछि उनीहरु प्रेममा पर्ने सिक्वेन्स छ’, उनले थपे, ‘एउटा गित भित्र पनि सानो कथा जस्तो छ । एटिट्यूड, एग्रेसन देखिन्छ । त्यसको एउटा पात्र भएर अभिनय गर्दा बेग्लै अनुभव गरे ।’

पारिवारिक वातवरणले पनि काम गर्न सहज भएको दिवसको अनुभव छ । स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस भन्छन्, ‘जति पनि यो प्रोजेक्टमा समावेश हुनुहुन्छ सबैसँग पुरानो चिनजान भएकाले होला मलाई केहिमा असहज भने भएन ।’

मोडलिङलाई आउने दिनमा पनि अगाडि बनाउने योजना छ कि भन्ने प्रश्नमा उनले भने, ‘आफुले चाहेर मात्र पनि कुनै क्षेत्रमा सफल हुन सकिन्न । पहिला त यसको कस्तो रेस्पन्स आउँछ त्यसमा धेरै निर्भर गर्छ । डिमान्ड भए भने अनि करिअरका रुपमा अघि बढाउने नढाउने भन्ने हुन्छ ।’

खेलाडी भएका कारण मोडलिङ गर्न थप सहज भएको पनि दिवसको बुझाई छ । ‘मोडलिङमा जान चाहनेले पनि फिजिकल्ली आफुलाई तयार पार्ने कोशिस गर्छन् । खेलाडी भएका नाताले फिजिकल्ली फिट हुने नै भए, त्यसले मलाई थप मेहनत गर्नुपरेन’, उनले भने, ‘अर्को मासलाई फेस गर्नुपर्ने हुन्छ । खेलकुदमा मैले हलभरी समर्थक र दर्शकको हल्लाका बीचमा पनि खेलेको छु । त्यसले मलाई मासमा पनि खासै डर लाग्दैन । दुई दिनको सुटिङ मेरो लागि राम्रो अनुभव भएको छ ।’

सुटिङ सकिँदासम्म सामान्य लागेपछि अब भने उनी अलिक डर लागेको बताउँछन् । ‘पहिलो पटक तातामी उत्रदा जस्तो महसुस भएको थियो । लगभग त्यस्तै लागेको छ’, उनले थपे, ‘कस्तो होला भन्नेमा डर लागेको छ । यो गितका संगितकार अनिल शाहीले सुटिङ पछि पनि म्युजिक थपेकोले झनै राम्रो भएको होला भन्ने आशा गरेको छु ।’

रेडियो कान्तिपुरमा लामो समय काम गरेकी श्रेष्ठ अहिले आफनै कम्पनी चलाइरहेकी छिन् । उनकै युट्यूब च्यानलबाट गितको भिडियो सार्वजनिक हुने दिवसले जानकारी दिए । सन्चारकर्मी श्रेष्ठको शब्दमा अर्को वर्ष १० वटा गित समावेश गरेर तेस्रो एल्बम निकाल्ने तयारी भइरहेको र त्यसकै एउटा गितमा दिवसले मोडलिङ गरेका हुन् ।

उनको अर्को प्रोजेक्ट मेरो हजुर भन्नेमा पनि दिवसले मोडलिङ गर्ने पक्का भइसकेको छ । त्यस्तै सुचित्रा श्रेष्ठको निर्देशनमा बन्ने सर्ट मुभीमा पनि उनले खेल्ने तय भइरकेको छ । त्यसलाई लिएर पनि दिवस उत्साहित छन् । ‘खेल क्षेत्रमा त छँदै छु । त्यसबाहेक पनि आफुलाई अर्को क्षेत्रमा पनि किन प्रयास नगराउने भनेकोले सबैको सल्लाहमा आँट गरेको हुँ’, उनले भने, ‘एउटा खेलाडी भएकै कारण ममा कन्फिडेन्स आको होला । आफ्नो रुची र माहोल मिलेको बेलामा खेले । मेहनत गरेको छु । मेरो खेललाई जस्तै मोडलिङलाई पनि मन पराइदिनुहुन्छ भन्ने आशा लागेको छ ।’

आठ वर्ष भन्दा लामो समयदेखि करातेको राष्ट्रिय टोलीमा रहेका दिवसले दुई वटा एसियाली खेलकुद (सन् २०१४ र २०१८) पनि साग खेलेका हुन् । एसियाडको पहिलो सहभागितमा आफ्नो तौल समूहमा पाँचौं भएका दिवसलाई १३ औं सागमा स्वर्ण पदकको दाबेदारका रुपमा हेरिएको थियो । उनले सम्भावना पनि देखाएका थिए । तर, अन्तिममा उनले रजतमा चित्त बुझाउनुपर्यो ।

आफ्नै गल्तिका कारण स्वर्ण पदक गुमाउनुपर्दाको तितो अनुभव भोगेका दिवस भन्छन्, ‘फाउलका कारण अन्तिममा पराजित हुनुपर्यो । मलाई अहिले पनि त्यो विषयमा कुरै गर्नुनपरोस भन्ने लाग्छ । त्यो क्षण मेरा लागि निकै पीडादायी रह्यो ।’

झन्डै तीन महिना लकडाउनको समयमा समूहमा प्रशिक्षण गर्ने अवस्था नरहेपनि व्यक्तिगत रुपमा फिट हुन प्रयास भने उनले जारी राखेको सुनाए । सातदोबाटो घर भएका दिवसले भने, ‘जति सक्दो फिट हुनका लागि वर्क वाउट गरे । बेला बेलामा कम्पाउन्डमै रनिङ पनि गरे । यसै बसिन ।’

मेगा कलेजबाट बिबिएस उर्तिण गरिसकेका दिवस सागमा स्वर्ण नतिजे सम्म आफ्नो खेल जीवन सफल भएको मान्ने पक्षमा छैनन् । उनले भने, ‘मेरो लक्ष्य भनेको सागमा स्वर्ण पदक जित्ने हो । त्यसले मात्र मेरो खेल जीवन सफल भएको मानिनेछ । त्यसका लागि म दृढ छु ।’

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.