default_image

5 years ago

July 3, 2020

क्यानडाबाट सेते दाईको परिवारलाई आर्थिक सहयोग

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ दिवंगत जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बहादुर बुढाएर र महेश क्षेत्रीको अगुवाईमा क्लबले पठाएको १ लाख रुपैयाँ सेते दाइको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सेते दाईको उपचार खर्चको लागि आर्थिक संकलन गरिएपनि उनको उपचारकै क्रममा निधन भएपछि त्यही उपचार खर्चको लागि संकलन गरिएको रकम शुक्रबार सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले सेते दाईको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सिप्यानले क्लब र खेलाडीहरुलाई धन्यवाद दिएका थिए ।

लामो समयबाट त्रिवि मैदानमा काम गर्दै आएका सेते दाइको गत चैतमा निधन भएको थियो । उनी मृगौला रोगबाट ग्रसित थिए । यसअघि सिप्यानले पनि उनको उपचारका लागि रकम हस्तान्तरण गरेको थियो ।

सिप्यानले वर्षेनी आयोजना गर्दै आएको एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड पनि यस वर्ष स्थगित गर्दै पुरस्कारको सम्पूर्ण रकम प्रधानमन्त्री कोरोना कोषमा सहयोग गरेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.