default_image

5 years ago

July 3, 2020

पिसिआरका लागि संकलित रकम हस्तान्तरण

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेल्धुरामा स्थापना पिसिआर मेसिनका लागि राजधानीमा संकलन भएको रकम शुक्रबार हस्तान्तरण गरिएको छ ।

ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटमा मुख्य प्रशिक्षक जगत टमाटा, व्यवसायी राजु अवस्थी ले संकलन अभियानको नेतृत्व गरेका थिए । अभियानबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भएको थियो । संकलित रकम पिसिआर मेसिन स्थापनको नेतृत्व गरिरहको ह्युमानीटि फाउण्डेसन नेपालका संस्थापक अमरबहादुर शाहीलाई हस्तान्तरण गरिएको थियो ।

मेसिन स्थापनाका लागि १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले १ लाख रुपैयाँ प्रदान गरेकी थिइन् । ४ सागमा ४ स्वर्ण पदक तेक्वान्दोका कीर्तिमानी विष्ट र सागमै ३ स्वर्ण पदक जितेकी उनीकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछाने, महिला राष्ट्रिय टोलीकी अन्जली चन्द ,मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, स्पोर्टस युनिभर्सले समान १० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्य खेलाडी तथा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले पनि उक्त अभियानमा साथ दिइरहेका छ ।

ह्युमानीटि फाउण्डेसन नेपालले डडेलधुरामा पिसिआर मेसिन स्थापनाका लागि आर्थिक अभियानको सुरुवात गरेको थियो । स्थानिय श्याम तायलको अगुवाईमा अभियानको सुरुवात गरेको सञ्चारकर्मी समेत रहेका फाउन्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए ।

एक दिनमा ३ सय ८४ जनाको पिसिआर परिक्षण गर्न सकिने मेसिसन स्थापनाका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने र अभियानबाट आवश्यक भन्दा बढी रकम संकलन भइरहेको संस्थापक सदस्य उपाध्यायले जानकारी दिए । संकलन बाँकी रकम पनि सोही अभियानमा खर्च हुने उनले जानकारी दिए । मेसिन स्थापना भइसकेको र केहि दिनबाट सेवा सुरु हुने बताइएको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.