default_image

5 years ago

June 30, 2020

टेबल टेनिसमा उदाउँदै गरेकी दिक्षा

216 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

खेलकुदका लागि पूर्व त्यसमा पनि सुनसरी जिल्ला विशेष मानिन्छ । त्यसमा पनि धरानले फुटबल खेलाडी उत्पादनमा अलग पहिचान बनाएको छ । त्यस्तो माहोलमा टेबल टेनिसबाट पनि पूर्वलाई चिनाउने सम्भावना देखाएकी छिन् दिक्षा दाहालले । परिवारको साथ पाएकोले आउने दिनमा अझै राम्रो गर्न सक्ने विश्वास उनले लिएकी छिन् ।

२०५९ पुसमा जन्मेकी दिक्षाले कक्षा ४ हुँदाबाट टेबल टेनिस खेल्न थालेकी हुन् । रहरै रहरले यसमा आक्रर्षित भएको उनी बताउँछिन् । ‘अरुले खेलेको देखेर खेल्न सकेकी हुँ उनले भनिन्,’ घर नजिक कर्भडहल छ । त्यहि दिदी दाईहरुले खेलेको हेर्दा हेर्दै म त्यहि रहरले म पनि खेलाडी बने ।’

अहिले उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसले उनको खेल जीवनमा नयाँ मोड लिएको मान्छिन् । दिक्षा महिला जुनियरतर्फकी वरियतामा नम्बर १ खेलाडी हुन् । त्यहाँ सम्म पुग्दाका लागि निकै मेहनत गर्नुपर्ने उनले सुनाइन् । भविष्यमा सिनियरमा पनि नम्बर १ हुने उनको लक्ष्य छ ।
२०६८ सालमा सूदुरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद दिक्षालले भाग लिएको पहिलो ठूलो प्रतियोगितामा हो । त्यसमा उनी सम्मिलित टोलीले कास्य पदक जितेको थियो । त्यो पहिलो सहभागितामा नै उनी आफ्नो प्रदर्शनबाट सिनियर प्रशिक्षकहरुको ध्यान तान्न सफल भइन् । त्यसअघि उनीसँग विराटनगरमा क्षेत्रिय प्रतियोगिता खेलेको अनुभव थियो ।

२०७३ को पुसमा आफ्नै क्षेत्र (पूर्व) मा सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा उनी त्यसको पनि हिस्सा बनिन् । सातौंमा उनले महिला एकलमा आर्मीकी स्वच्छा नेम्बाङसँग प्रिक्वार्टरफाइनल प्रतिस्पर्धा गरेकी थिइन् । उनी त्यसमा सफल त भइनन् । तर, उनको त्यो प्रदर्शनले धेरैको नजरमा पर्यो ।

त्यसपछि उनी आर्मीमा अनुबन्धित भइन् । ‘सातौंपछि आर्मी र एपिएफबाट पनि अफर आएको थियो,’ उनले स्मरण गरिन्, ‘मलाई आर्मीबाट खेल्न मन लाग्यो । मरो लागि खेल जीवनको त्यो एउटा टर्निङ प्वाइन्ट थियो । ‘

 

गत वर्ष प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी सम्मलित टोलीले कास्य पदक जितेको थियो । गएको मंसिरमै स्वदेशमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा उनले देशको प्रतिनिधित्वको अवसर पाइन् । पदक त जित्न सकिनन् तर भविष्यका लागि राम्रो अनुभव भएको भने उनले बताइन् ।

गत वर्ष प्रथम एन्टा कप राष्ट्रिय जुनियर महिला टेबल टेनिस प्रतियोगितामा आर्मी क्लब च्याम्पियन बन्दाको क्षण उनलाई रमाइलो लाग्छ । पूर्वाञ्चलमा भएको कुनै पनि प्रतियोगिताको एकल र युगलमा उनी कहिल्यै दोस्रो भएकी छैनन् । क्षेत्रिय र विद्यालय खेलकुदमा कहिल्यै खाली हात नभएकी दिक्षा अबको दिनमा भने राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सपना देखेकी छिन् ।

लगतारको प्रशिक्षण र मेहनतले एक दिन लक्ष्य प्राप्त हुनेमा उनी आशावादी छिन् । उनीबाट प्रशिक्षक विनोद शाक्यले पनि सफल नतिजाको अपेक्षा राखेका छन् । भारतको दार्जिलिङमा भएका प्रतियोगितामा भाग लिएकी दिक्षालाई त्यहाँ पनि पदक जितेको अनुभव छ । खेल्नकै लागि उनी पाकिस्तान पनि पुगिसकेकी छन् ।

उनको लक्ष्य अध्ययन र खेललाई सँगै लानेछ । ‘टेबल टेनिस खेलेर एक दिन राष्ट्रको नाममा पदक जित्ने लक्ष्य छ,’ उनले सुनाइन्,’ त्यसको लागि जति पनि मेहनत गर्न म तयार छु ।’ लजालु स्वभाविक दिक्षा टेबल टेनिसको विकास र नयाँ खेलाडीको आकर्षण बढाउनका लागि राष्ट्रिय खलकुद परिषद् र अखिल नेपाल टेबल टेनिस सँगले वातावरण बनाउनुपर्नेमा जोड दिन्छिन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.