5 years ago
June 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि बढी भन्दा बढी परिक्षण हुनु पर्ने उद्देश्य साथ डडेल्धुरामा स्थापना पिसिआर मेसिन स्थापना गरिएको छ । त्यो अभियानलाई कीर्तिमानी खेलाडीहरुले पनि आर्थिक सहयोग गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले पिसिआर मेसिन स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरेकी छिन् । गौरिकाले हजुरबुबा लोकभक्त राणा मार्फत रकम सहयोग गर्न लागेको ओलम्पियन दीपक विष्टले जानकारी दिए ।
सागमै ४ स्वर्ण पदक तेक्वान्दोका कीर्तिमानी विष्ट र सागमै ३ स्वर्ण पदक जितेकी उनीकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द,
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट खेलाडी नरेश बुढाएरले समान १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै सागका स्वर्ण पदक विजेता वीरबहादुर महरा ८ हजार, निशा रावल, पारा तेक्वान्दोका सदस्य हेमन्त भट्टराई, कुरुदाइया सेल्फ डिफेन्सका सुरेन्द्रसिंह विष्टले ५ हजारले पनि सहयोग गरेको ओलम्पियन विष्टले जानकारी दिए । त्यस्तै भलिबलका प्रशिक्षक जगदिश भट्ट, कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाट, कबड्डी प्रशिक्षक विष्ट दत्त, कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दले समान ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
ह्युमानीटि फाउण्डेसन नेपालले डडेलधुरामा पिसिआर मेसिन स्थापनाका लागि आर्थिक अभियानको सुरुवात गरेको थियो । स्थानिय श्याम तायलको अगुवाईमा अभियानको सुरुवात गरेको सञ्चारकर्मी समेत रहेका फाउन्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए ।
एक दिनमा ३ सय ८४ जनाको पिसिआर परिक्षण गर्न सकिने मेसिसन स्थापनाका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने र अभियानबाट आवश्यक भन्दा बढी रकम संकलन भइरहेको संस्थापक सदस्य उपाध्यायले जानकारी दिए । संकलन बाँकी रकम पनि सोही अभियानमा खर्च हुने उनले जानकारी दिए ।
देशमा सबैभन्दा बढी प्रभावित मध्ये प्रदेश ७ रहेपनि परिक्षणका लागि प्रदेशमा एउटा मात्र पिसिआर मेसिन रहेकोले परिक्षण बढाउनका लागि अभियान सुरु गरिएको उपाध्यायले जानकारी दिए । पिसिआर मेसिन आज सम्ममा जडान भइ सम्भवत मंगलबारबाट परिक्षण सुरु हुने बताइएको छ ।
सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लालाई मध्यनजर गर्दै मेसिन डडेलधुरामा स्थापना गरिएको बताइएको छ । ल्याब सञ्चालनका लागि आवश्यक अन्य प्रबन्ध पनि मिलाइसकिएको उपाध्यक्षले बताए ।
फाउन्डेसनले सुरुमा रोजगारीका सिलसिलामा भारत पुगे नेपालीलाई सिमानामा निशुल्क खाना खुवाएको थियो । झन्डै २७ हजारलाई फाउन्डेसनले निशुल्क खाना ख्वाएपछि प्रदेश सरकारले नै त्यसको जिम्मा लिएपछि मेसिन स्थापनाका लागि सिक्रिय भएको उपाध्यायले बताए ।
कोडिभ १९ को संक्रमण पछि मात्र भारतबाट झन्डै साढे ३ लाख मानिस सुदूरपश्चिम फर्कनु भएको छ । त्यसमध्ये ७७ हजार क्वारिन्टनमा बसेर घर फर्कदा पिसिआर परिक्षण भएको छैन, उनले भने, यसरी घर फर्कनले कम्तीमा पिसिआर परिक्षण गराएर पठाउन पाए समाजमा कोभिड १९ को जोखिम कम हुन सक्थ्यो । परिक्षण नै नहुने भएपछि संक्रमण थाहा नहुने भएपछि हामीले मेसिन स्थापनाको अभियान सुरु गरेका हौं । यसमा विशेषगरि संसारभर रहनुभएका सुदूरपश्चिमेली र अन्यले पनि सहयोग गरेर यो अभियान सफल हुने क्रममा रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]