5 years ago
June 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) बाट भलिबल खेल्ने म्याट सहयोग स्वरुप प्राप्त गरेको छ । झन्डै ७० लाख रुपैयाँ बराबरको म्याट गत साता काठमाडौं आइपुगेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।
फाइल तस्बिर
एफआइभिबी डेभलपमेन्ट हव २०१९ प्रोजेक्टमा छनोट भएर म्याट प्राप्त गरेको बताइएको छ । एफआइभिबीले सामाग्री पठाएको यो चौथो पटक हो । यसअघि पनि म्याट, भलिबल र नेट सहयोग गर्दै आएको छ । नेपालले भलिबल खेलमा गर्दै आएको विकासलाई मध्यनजर गर्दै एफआइभिबीले सहयोग गर्दै आएको छ ।
झन्डै दुई वर्ष अघि संघका अध्यक्ष शर्मा र महासचिव जीतेन्द्रबहादुर चन्दले स्वीट्र्जरल्यान्डमा रहेको एफआइभिबीको कार्यालय पुगेका थिए ।
राष्ट्रिय खेल भलिबलको कभर्ड हल निर्माणका लागि बजेटमा ५० लाख रुपैयाँ विनियोजन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका थिए ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]