5 years ago
June 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को समयमा सबै भन्दा अग्रमोर्चामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि नेपाल भलिबल संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संघले नेपाल चिकित्सक संघलाई एन ९५ मास्क र फेस सेल्ड मंगलबार हस्तान्तरण गरेको छ । चिकित्सक संघको प्रदर्शनीमार्गस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
संघले एन ९५ मास्क १ हजार थान प्रदान गरेको थियो । संघले प्रदान गरेका मास्क प्रदेश २ का जिल्लाहरुमा पठाइदिन आग्रह गरेको महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । फेस सिल्ड इ–नेवल संस्थाले अन्य दुई संस्था दाँवली मिलन क्लब र नोवेल कलेजको सहकार्यमा आफ्नै ल्यावमा थ्री डी प्रिन्टबाट तयार पारिएको हो ।
यसैगरी पुल्चोक इन्जिनियरिङ कलेज एल्मुनाई एसोसिएसन महासचिव तथा नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठ, लक्ष्मी नारायण श्रेष्ठ र माधवराज आचार्यले सोही अबसरमा चिकित्सक संघलाई ५ सय थान एन ९५ मास्क हस्तान्तरण गरेको छ । उक्त मास्क कर्णाली प्रदेशमा पठाउनका लागि आग्रह गरिएको एल्मुनाई तथा भलिबल संघका सदस्य रोशन श्रेष्ठले जानकारी गराए ।
चिकित्सक संघका अध्यक्ष कार्कीले सहयोगका लागि भलिबल संघ र पुल्चोक एल्मुनाईलाई धन्यवाद दिए । सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलले गरेको सहयोगले सकारात्मक सन्देश जाने बताए । भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले संघ आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]