default_image

5 years ago

June 4, 2020

सञ्जय स्मृति प्रतिष्ठानको सहयोग

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री उपलब्ध गराइएको नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी मास्केले जानकारी दिइन् । स्वास्थ्य चौकीलाई थर्मल गन २ सेट, पिपिई २ सेट, सेनिटाइजर, मास्क र पन्जा प्रदान गरिएको थियो ।

प्रतिष्ठानले हरेक वर्ष एक महिला र एक पुरुष खेलाडीलाई समान ३५ हजार रुपैयाँबाट सम्मान पनि गर्दै आएको छ । गत वर्ष नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी र नेपाल पुलिस क्लबका चन्द्र कुँवरलाई सम्मान गरिएको थियो ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.