9 years ago
August 5, 2016
काठमाडौ ।
मनाङ मस्र्याङ्दी आर्चरी क्लब र म्याग्दी मगर समाज ए पााचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगितामा सयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । थकाली सेवा समीतीमा शुक्रबार भएको टिम स्पर्धामा ८ डोरका खेल समाप्तीसागै मनाङ र म्याग्दीले समान ८८ अकं जोडेका छन् । १० डोरको खेलमा २ डोरका खेल बाकी रहदा उपाधि लागि दुवै मुख्य प्रतिस्पर्धी बनेका छन्।
मनाङ शिर्ष स्थानमा रहदा प्रेम थापा र कमल पुर्जाले अचुक निसान लगाउदै शत प्रतिशत अकं जोड्ने क्रममा समान १६–१६ योगदान दिएका छन् । ठागु गुरुङले एक अकं गुमाउदै समान १५ अकंको योगदान दिए । मनाङकै लागि नोर्बु गुरुङ र अजय शेरचनले समान १४ अकं जोड्दा केश पुर्जाले १३ अकं जोडे ।
त्यस्तै म्याग्दीले शिर्ष स्थान ओगट्ने क्रममा काजी रोक्काले सबै प्रहार जोगाउदै सर्बाधिक १६ अकं बटुले । प्रेम पुन,मन प्रसाद पुन र हरि पुनले एक–एक सट मात्रै खेर फाल्दै समान १५ अंकको योगदान दिए । म्याग्दीकै लागि भूपेन्द्र पुनले १४ र झक पुनले अकं बटुल्दा टिमको कुल ८८ अकं बन्यो । थासाङ स्पोट्र्स क्लबको आयोजना भएको खेलमा छन्त्याल समाज ए ८५ अकं जोडदै तेस्रो स्थानमा रहन सफल भएको छ । आयोजक थासाङ स्पोट्र्स क्लब ८४अकं सहित चौथो स्थानमै समित रहेको छ । आयोजकका मिन गौचन भने शत प्रतिशत सफलता हात पार्दै विशिष्ट धनुधरका लागि प्रतिस्पर्धामा छन् । उनले ब्यक्तिगत तर्फ पनि सर्बोत्कृष्ट धनुधरको उपाधि जितेका थिए । शुक्रबारै सम्पन्न हुने प्रतियोगिता बाकी दुई डोरको खेल कृतिम प्रकाशमा जारी छ । नेपालको पौराणीक खेल धनुषवाण प्रतियोगिता टिम स्पर्धामा १२ टिमको सहभागिता रहने छ । एक टिममा ७ जना खेलाडि समाबेश गरिएपनि एक पटकमा ६ जना खेलाडिले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । कुल १ सय २० अंकका लागि प्रत्येकले १० डोरमा २० तिर निशानामा लगाउने प्रयास गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]