5 years ago
May 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले तेस्रो भलिबल दिवसको अवसरमा भलिबललाई माया गर्ने सम्पूर्णलाई शुभचिन्तकलाई शुभकामना दिएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले झन्डै २ महिनादेखि लकडाउन गरेका कारण यसपटक भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नसकेकोे विज्ञप्तिमा उल्लेख गरेको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेपछि संघले हरेक त्यस दिनलाई भलिबल दिवसको रुपमा मनाउदै आएको छ ।
‘यो ऐतिहासिक दिनमा विषम परिस्थितिका कारण भलिबलको कुनै गतिविधि गर्न नसक्दा हामीलाई नरमाइलो महसुस भइरहेको छ । हामीलाई थाहा छ । यो अवस्थामा भलिबलको गतिविधि गर्नुभन्दा पनि स्वस्थ रहनु ठुलो कुरा हो । अवस्था सामान्य हुँदै गएपछि हामी भलिबलको गतिविधिलाई विस्तारै सुचारु गर्नेछौं ’ संघले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
गतवर्ष नैकापस्थित न्यु डायमन्ड एकेडेमीमा भलिबल दिवस मनाइएको थियो ।
यस्तै संघले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेको छ । कोरोना कहरका कारण नेपालमा चैत दोस्रो सातादेखि खेलकुद गतिविधि ठप्प छ । कोरोनाकै कारण भलिबल संघको वार्षिक क्यालेन्डरसमेत प्रभावित बनेको छ । संघको क्यालेन्डर अनुसार बैशाख अन्तिम साता एनभिए क्लब लिग भलिबल च्याम्पियनसिप र जेठ अन्तिम साता संघको चुनावी साधरण सभा तय थियो ।
भलिबल संघले ठूलो सफलता हासिल गर्ने क्रममा गत वर्ष नेपाली महिला टोलीले बंगलादेशमा एसिभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो भने मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो । ३६ वर्षे साग इतिहासमा नेपालले रजत पदक जितेको त्यो पहिलो पटक थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]