default_image

5 years ago

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् । 

पदक विजेता खेलाडीलाई सरकारले गत महिनाको सुरुवातमा पुरस्कार रकम खातामा जम्मा गरिदिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै सागका प्रशिक्षक र सहायक प्रशिक्षक गरि ६८ जनाको १ करोड  ८६ लाख रुपैयाँ बैंक खातामा जम्मा गरिएको जानकारी दिएको छ ।

प्रशिक्षक, सहायक प्रशिक्षक र सम्बन्धित संघको हकमा राष्ट्रिय खेलकुद परिषद्मा बेरुजु फछ्र्यौट नभएसम्म पुरस्कार रकम नदिइने खेलकुद तथा सम्मान कार्यविधि २०७२ मा उल्लेख छ । उक्त कार्यविधिका अनुसार अझै ५४ प्रशिक्षक र सहायक प्रशिक्षकले पुरस्कार राशी पाउन बाँकी रहेको छ ।

सागमा स्वर्ण दिलाउने टोलीका मुख्य प्रशिक्षकलाई स्वर्ण ५ लाख, रजत जित्नेलाई ३ लाख र कास्यलाई २ लाख प्राप्त गरेको राष्ट्रिय टोली तयारी समितिका सचिव महेन्द्र राईले जानकारी दिए । त्यस्तै टोलीका सहायक प्रशिक्षकमध्ये स्वर्णले ३, रजतले ३ र कास्यले १ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै संघतर्फ स्वर्ण जित्ने संघलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाइ ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

वैशाख २ गते सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई सरकारले १९ करोड ५३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ रजत गरि २ सय ७ पदक जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.