default_image

5 years ago

May 16, 2020

धरान गल्फ कोर्षका क्याडीहरुलाई सहयोग

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धरान गल्फ कोर्समा कार्यरत क्याडीहरुलाई शुक्रबार राहत वितरण गरिएको छ । नेपाल गल्फ संघ, सुनसनरी जिल्ला गल्फ संघ र धरान गल्फ कोर्षको सहकार्यमा उनीहरुलाई राहत वितरण गरिएको थियो । संघका अनुसार २४ क्याडीलाई राहत वितरण गरिएको हो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणाका कारण गरेको आर्थिक अवस्था कमजोर हुनेलाई दैनिक जीवन यापनमा नै कठिन हुन थालेको छ । कठिन परिस्थितिलाई ध्यानमा राख्दै राहत वितरण गरएको हो ।

गल्फ संघले यसअघि काठमाडौंमा ५२ तथा पोखरामा कास्की जिल्ला गल्फ संघको सहकार्यमा हिमालयन गल्फ कोर्षका क्याडी र कर्मचारी गर ३८ जनालाई राहत स्वरुण खाद्यान्न प्रदान गरेको थियो ।

April 9, 2025

ललितपुर महानगरपालिका महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]

April 9, 2025

गोर्खाली रग्बी र आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

Success

Thank you for your time.