default_image

5 years ago

May 12, 2020

लकडाउनमा राखेप सदस्य कुँवरको सक्रियता

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको ४५ दिन भन्दा बढी भइसकेको छ । लकडाउनका कारण निम्न आयश्रोत र दैनिक मजदुरी गरेर परिवार पार्नेका लागि निकै कष्ठकर बन्दै गइरहेको छ ।

यस्तोमा खेलाडी, खेल पदाधिकारी, राष्ट्रिय संघले आफ्नो तर्फबाट अलग अलग ठाँउमा सहयोग गर्दै आएका छन् । यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । समाजसेवामा पनि सक्रिय कुँवरले अहिले काठमाडौंका साधु सन्त, अपाङ्ग, दृष्टिविहीन, सुदुरपश्चिमबाट काठमाडौं आई अध्ययनरत कयौं  विद्यार्थीलाई खाद्यान्न वितरण गदै आएका छन् । 

कुँवरले अर्को साता आफ्नो जिल्ला अछाम बेयलपाटामा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चालन न्याय हेल्थ नेपाललाई आवश्यक स्वास्थ समाग्री दिने तयारी गरिरहेका छन् । उनका अनुसार पिपिई सय वटा, डर्मल गन १० मास्क २ हजार, पन्जा २ हजार , सनिटाइजर १ सय लिटर, एम ९५ मास्क १ सय दिन अर्को साता सम्म पुर्याइसकिनेछ ।

यसअघि कुँवरले आफ्नो स्वास्थ्य सुरक्षालाई जोखिममा राखेर आफ्नै गाडीमा परिक्षणका लागि सुदूरपश्चिमबाट २ सय स्वाब काठमाडौं लाएका थिए । सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला चैत १२ गते संक्रमित फेला परेसँगै अन्य सम्भावित संक्रमितबाट संकलन गरिएको २ सय स्वाब ४८ घण्टासम्म पनि परीक्षणका लागि काठमाडौं पुर्याउने अवस्था नदेखेपछि कुँवर आफै अघि सरेका थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.