5 years ago
April 27, 2020
खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै अनवरत अघि बढ्न कराते खेलाडीको नाम हो अनु अधिकारी ।
गत वर्ष प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद अनु फाइनलमा पराजित भइन् । कतिलाई लागेको थियो, अब अनुको खेल जीवन लगभग सकियो । ‘आठौंमा स्वर्ण पदक नजित्नु मेरो लागि दुःखद क्षण थियो’, छैटौं र सातौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता उनले स्मरण गरिन्, ‘त्यो राष्ट्रिय खेलकुदको पहिलो हार थियो । अन्तिम २ सेकेन्ड सम्हालिन नसक्दा पराजित भए । खेलाडीले हार र जित दुवै स्वीकार्नु पर्दछ भन्ने त्यहाँबाट सिकें ।’
त्यो उनको पहिलो हार भने थिएन । तर उनी राष्ट्रिय खेलकुदको फाइनलमा हार्छिन् भन्ने अनुमान कमैले गरेको थिए होलान् । एसियाली खेलकुदको १७ औं (इन्चोन) र १८ औं (जार्काता) मा पनि उनले हारेकी थिइन् । जाकार्तामा बढीमा उनीबाट कास्य पदक सम्मको आशा गरिएको थियो । तर उनी चौथो भइन् ।
‘८-९ वर्ष राष्ट्रिय च्याम्पियन बनेकी मैले आठौंको त्यो हारबाट भने धेरै सिके । जितबाट भन्दा हारबाट धेरै सिक्न सकिन्छ भन्ने मैले त्यति बेला अनुभव गरे’, उनले सम्झिइन्, ‘जित र हारको अनुभव, आँसु अनि साथीहरुको व्यवहारबाट पनि धेरै सिकिनेरहेछ ।’
त्यो भन्दा अगाडि अनुले सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेकी थिइन् । त्यहाँ पनि फाइनलमा हारेकी थिइन् । त्यतिबेला उनीसँग टोलीमा रहेका सिनियर खेलाडी र समकालिन धेरै करातेबाट अलग भइसकेका थिए । तर उनले ‘गी’ थन्काइनन् । निरन्तर यात्रा जारी राखिन् ।
आठौं पछि उनले विश्राम लिइनन् । १३ औं सागका लागि प्रशिक्षण चलिरहँदा उनीसँगै अन्य खेलाडी पनि सामेल थिए ।
अन्तिम छनोटमा अनु विजयी भइन् र उनी सागका लागि छनोट भइन् । मंसिरमा स्वदेशमा आयोजना भएको सागमा उनले स्वर्ण पदक जितिन् । रजत जितेको ९ वर्षपछि उनले स्वर्ण पदक जितेकी थिइन् । १२ औं सागमा भने कराते समावेश थिएन ।
‘११ औं सागमा स्वर्ण जित्न सकिन । तर मेहनतले त्यो सफलता पाइन्छ भनेर मेहनत गरिरहे । १२ औं मा कराते राखिएन । दुःख लाग्यो’, उनले भनिन्, ‘तर ९ वर्षको अन्तरालपछि उही लयमा रहेर पदक जित्नु ठूलो उपलब्धी मानेको छु । कडा मेहनत जारी राखेर अघि बढ्यो भने सफलता पाइन्छ भन्ने उदाहरण म आफैं हुँ ।’
सागमा स्वर्ण र दुई वटा एसियाड खेलिसकेकी अनु अब भने ओलम्पिकको तयारीमा जुटेकी छिन् । जापानमा यसै वर्षका लागि ओलम्पिक तय थियो । तर कोरोना भाइरसको विश्व व्यापी महामारीले ओलम्पिक एक वर्ष पछि सरेको छ । ओलम्पिकलाई लक्षित गर्दै अनुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रवृत्ति दिएको छ ।
‘अहिलेसम्म ओलम्पिक कसले खेल्ने भनेर खेलाडी छनोट भैसक्थ्यो । ओलम्पिकमा पहिलो पटक कराते समावेश गरिएको छ । तर कोरोनाले गर्दा सबै रोकिएको छ । यसले खेलाडीलाई असर त गरेको छ । तर यसले तयारी गर्ने समय पनि बढेको छ’, उनले भनिन्, ‘ओलम्पिक खेल्ने हरेक खेलाडीको सपना हुन्छ । त्यो पुरा हुन तन मनबाट सबै कुरा छाडेर खेलमा नै समपर्ण हुनुपर्छ त्यो म मा छ । त्यसको लागि मैले आफनोतर्फबाट शत प्रतिशत दिनेछु ।’
कराते खेलाडी हुनुमा अनी गर्व गछिन् । व्यक्तिगत सफलतासँगै खेलका माध्यमबाट देशलाई चिनाउन सकेकोमा खुसी लागेको मान्ने अनु आर्थिक रुपमा पनि खेलकै कारण सहज भएको ठान्छिन् । खेलकै कारण समाजमा छुट्टै सम्मानको अनुभव महसुस गर्छिन । उनी भन्छिन्, ‘जे पाएँ खेलकै कारण पाएको छु ।’
आत्मविश्वास, कडा मेहनत र सकारात्मक सोचले नै सफलता मिल्ने आफ्नो अनुभव रहेको सुनाउँदै एपिएफकी पूर्व खेलाडी समेत उनले भनिन्, ‘दु:ख गरेपछि भगवानले पनि हेर्छन् । सफल हुनका लागि समय पनि हुनुपर्छ अनि भाग्य पनि हो जस्तो लाग्छ । समय र भाग्यले साथ दिए सफलता पाइन्छ ।’
आठौं साग पछि १३ औं सागमा करातेमा देशलाई पुरानै अवस्थामा पुर्याउन सफल हुने टोलीको सदस्य हुनुमा उनलाई खुसी लागेको सुनाइन् । ‘ सन् १९९९ मा काठमाडौं सागमा पहिलो पटक कराते समावेश गर्दा नेपालले १४ वटा स्वर्ण पदक जितेको थियो । १३ औं सागमा नेपालले १० स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको थियौं । उनले भनिन् ,’ गुरुहरुले जुन इतिहास बनाउनु भएको छ त्यो हामीलाई पनि सुनाउनु हुन्छ । तर अहिले हामी अलि पछि परेको हो की जस्तो लाग्छ । अन्य देशहरुले विदेशी प्रशिक्षक राख्छन्, धरै म्याच खेल्ने गर्छन् त्यसैले प्रगति गरेका छन् ।’
उनले थपिन्, ‘राजनितिक प्रभावले गर्दा खेलकुदमा असर गरेको हामीले पनि देखेका छौं । सदस्य सचिवमा आउने कतिपयले खेलकुद नै नबुझेको आएका छन्। जसले खेलकुदले केही पछि परेको छ।’
१३ औं सागको सफताले नयाँ पुस्तालाई करातेमा आउन प्रेरित गरेको अनुलाई लागेको छ । तर, करातेमा समय समयमा हुने विवादले भने निराश बनाउने गरेको अनुको अनुभव छ । ‘दुई संघ हुँदा खेलाडीलाई केही असर त गरेकै छ । कहिले प्रशिक्षकको त कहिले, को विदेश जाने भन्ने विषयमा पनि विवाद हुन्छ । त्यसले खेलाडीलाई असर गर्छ नै’, उनले अनुभव साटिन्, ‘एसियाड, सागमा पनि त्यस्तो भइसकेको छ । हामीलाई पचाउने बानी परिसकेको छ । हामीले यसलाई नै इस्यु बनाउँदा नयाँ खेलाडीलाई असर गर्छ भन्ने सोचेर अघि बढेका छौं । अहिले २ बाट १ संघ भएको छ । आशा गरौँ आउने दिनमा राम्रो हुनेछ ।’
सागका पदक विजेताका लागि राखेपले रोजगारी दिनुपर्नेमा जोड दिदै अनुले आफ्नो खर्च र अनुभव साट्नका लागि सृष्टी स्कुल र प्यारागन स्कुलमा कराते सिकाउने गरेको बताइन् । ‘मैले सधै खेल्छु भनेर सोच्ने कुरा हुन्न । मैले जानेको नयाँ पुस्तामा सिकाउनुपर्छ भने दुई वटा स्कुलका विधार्थीलाई सिकाउँदै आएको छु’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघकी सदस्य समेत रहेकी उनले भनिन्, ‘म पनि विधार्थी हुँ । आफ्नो खर्च आफै जुटाउन पनि मलाई खेलले सहयोग गरेको छ ।’
पदक जित्दा सरकारले निश्चित पुरस्कार दिने भन्दा पनि रोजगारीको व्यवस्था गर्न सकेको खण्डमा खेलाडी पलायन रोकिने उनको बुझाइ छ । ‘पहिलो लक्ष्य ओलम्पिक खेल्ने हो । अनि सरकारले केहि प्रावधान ल्याएको खण्डमा करातेको प्रशिक्षक बन्ने सोच छ’, तारकेश्वर नगरपालिकाकी उनले योजना सुनाइन्, ‘तर त्यो हुन सकेन भने आफ्नो अध्ययन अनुसारको विजनेस गर्छु ।’
अनुसँगको प्रत्यक्ष अन्तर्वार्ता :
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]