5 years ago
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ । यसैबीच राखेपले पनि आफ्नो संरचना प्रयाग गर्न सरकारलाई आग्रह गरेको छ ।
राखेपका प्रवक्ता एवंम् विभागिय प्रमुख कुलबहादुर थापाले सोमबार जारी गरेको विजप्तीमा भनिएको छ ‘सरकारले गरेको निर्णय अनुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने राखेप अन्र्तगत उपत्यकामा रहेको दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर, मुलपानी, किर्तिपुर, च्यासल र सानोगौचरनलगायत सातै प्रदेश तथा जिल्ला अन्र्तगत रहेका भौतिक पूर्वाधार प्रायोग गर्नु हुन परिषद् हार्दिक अनुरोध गदै कोराना संक्रमणको रोकथामका लागि राखेप ऐक्यबद्धता ब्यक्त गर्दछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ती जारी गर्दै सातदोबाटोस्थित होस्टल, धरान, बुटवल र रौतहटमा रहेको महिला एकेडेमीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]