5 years ago
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) अधिकांश खेलकुद गतिवधि रोकिएको छ । नेपालमा पनि सबै खाले खेल स्थगित भएको छ । कोराना सम्भावित खतरालाई मध्यनजर गर्दै फुटसलका गतिविधि पनि स्थगित भएको छ ।
नेपाल फुटसल संघले बिहीबार सरकारको निर्णयलाई आत्मसात गर्दै शुक्रबारदेखि फुटसलका सम्पुर्ण गतिविधि अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
सरकारले बिहिबारबाट लागु हुने गरी खेलकुद रंगशाला, पौडी पोखरी र जिम लगायतका लगायतका अन्य क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको थियो । फुटसल संघका अध्यक्ष राज महर्जनले सरकारी निर्णयलाई मध्यनजर राख्दै फुटसलका गतिविधि स्थगित गरिएको जानकारी दिएका छन् ।
‘सरकारले नै बैशाख तेस्रो सातासम्म खेलकुद रंगशाला, पौडी पोखरी र जिम लगायतका लगायतका अन्य क्षेत्रहरु बन्द गर्न प्रस्ताव गरेको छ ,’ अध्यक्ष महर्जनले भने, ‘हामीलाई पनि फुटसलका गतिविधि बन्द गर्न अनुरोध आएको थियो । त्यसै अनुसार हामीले पनि फुटसल बन्द गर्ने निर्णय गरेका हौं ।’
सरकारको नियर्णलाई सबैले स्वीकार गनुपर्ने उल्लेख गर्दै अध्यक्ष महर्जनले भने, ‘सरकारको निर्णयभन्दा हामी बाहिर जान सक्दैनौ । हामी मातहातका अथवा हाम्रो सम्पर्कमा रहेका फुटसलहरु शुक्रबारबाट बन्द हुनेछन् । कतिसम्म बन्द हुने भन्ने यकिन छैैन ।’
पछिल्ला केहि वर्षमा फुटसल काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा लोकप्रिय रहँदै आएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]