default_image

5 years ago

March 16, 2020

पोखरामा एनओसीको बैठक सुरु

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ । यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ) , अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी छ । आन्तरिक गतिविधि लगभग ठप्पको अवस्थमा नेपाल ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ ।

बैठकका लागि एनओसीका अधिकांश पदाधिकारी पोखरा पुगिसकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ३ महिना भन्दा लामो समयपछि एनओसीको बैठक बसेको हो । एनओसीले आफ्ना उप महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षबाट सागको प्रतिवेदन पनि बुझिसकेको छ ।

एनओसीले बैठकका विषयमा औपचारिक जानकारी भने दिएको छैन । सागमा नेपालले अहिले सम्मकै सबैभन्दा बढी सफलता हासिल गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो । ३५ वर्षे साग इतिहासमा नेपालको यो सर्वाधिक सफल साग हो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.