default_image

5 years ago

March 12, 2020

संगिना र दीपकसहित २२ जना तेक्वान्दो एसियाको विभिन्न समितिमा

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ ।

 

आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ ।
दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, एसियाली खेलकुदका दुई पटकका कास्य पदक विजेता समेत रहेका दीपक एथलेटिक्स समितिमा चयन भएका छन् । सागमा २ पटककी स्वर्ण पदक विजेता एवंम् एसियन च्याम्पियन संगिना क्याडेट समितिमा मनोनयन भएकी छन् । संघमा विष्ट सचिव र वैद्य सदस्य रहेका छन् ।

सल्लाहाकार समितिमा संघका उपाध्यक्ष सञ्जिव रेग्मी मनोनित भएका छन् । संघका उपाध्यक्ष हरिश्वर पोख्रेल इथिक समितिमा ,उपाध्यक्ष भोज बहादुर शाह शिक्षा समितिमा, उपाध्यक्ष नन्दकुमार राई न्यायिकक समितिमा ,उपाध्यक्ष दिल बहादुर वली नेतृत्व समितिमा र अर्का उपाध्यक्ष भानु बहादुर चन्द मार्केटिङ समितिमा चयन भएका छन् ।

त्यस्तै संघका कोषाध्यक्ष कसिम मिया धोवी पारालम्पिक समितिमा तथा तेक्वान्दोका मुख्य प्रशिक्षक एवंम् संघका सचिव नविन कुमार श्रेष्ठ ग्योरोगी समितिमा चयन भएका छन् । संघका सह कोषााध्यक्ष सुमन कुमार घले आर्थिक समितिमा, डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपिङ चयन भएका छन् ।

त्यस्तै प्रशिक्षक समितिमा श्रीमान थापा मगर,कोलिगेट समितिमा भरत मर्हजन तथा विकास समितिमा कविराज खड्गी चयन रहेका छन् । खेल समितिमा हिरा बहादुर थापा, मिडिया समितिमा हेमन्त डाँगी, पुम्से कमिटीमा मिन न्यौपाने, सस्टेबेनलिटी समितिमा टिका प्रसाद लिम्बू, प्राविधिक समितिमा नोर्बु लामा, महिला समितिमा नन्दा बस्याल र युवा समितिमा कोशिष बहादुर खड्का चयन भए ।

विभिन्न समितिमा चयन भएका संघका अध्यक्ष प्रकाश शम्सेर राणाले सातदोबाटोस्थित संघको कार्यालयमा बिहीबार प्रमाण पत्र वितरण गरे ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.