5 years ago
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया हुने भएको छ ।
बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको शल्यक्रिया हुने एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । गत बुधबार नेपाल पुलिस क्लबविरुद्ध छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् ।
खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् । नेपालगन्जबाट बिहीबार फर्केकी विनिता सिधै एपिएफ अस्पतालमा भर्ना भएकी थिइन् । विनिताको दायाँ खुट्टाको कुर्कुच्चा भन्दा केहि माथि मांशपेशीमा चोट लागेको छ । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी विनिताको नेतृत्वमा एपिएफले घरेलु भलिबलका अधिकांश प्रतियोगिताको उपाधि जितेको छ ।
विनिताले झन्डै दुई दशक राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् । उनले सन् १९९९मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) को आठौं, दसौं (२००६), १२ औं (२०१६) र १३ औं (२०१९) मा भलिबलबाट कास्य पदक जितेकी थिइन् । पछिल्लो १३ औं सागमा भने उनले बीच भलिबलमार्फत देशका लागि पदक दिलाएकी थिइन् ।
विनिता घाइते भएको फाइनलमा भने एपिएफ पुलिससँग ३–० ले पराजित भएको थियो । पछिल्लो केहि दिनमा घाइते हुने विनिता एपिएफकी तेस्रो खेलाडी हुन् । चोटकै कारण टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी र बीच भलिबलमा विनितासँगै रहेकी नेविका चौधरीले नेपालगन्ज गएनन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]