default_image

5 years ago

March 6, 2020

स्याङ्जा स्तब्ध, बाग्लुङलाई मणिमुकुन्द भलिबल उपाधि

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बाग्लुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । 

बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बाग्लुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र गुरुङ, राजन दर्लामी मगर जस्ता नाम चलेका खेलाडी रहेपनि बाग्लुङसँग पराजित हुन पुग्यो ।

पहिलो सेट बाग्लुङले २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट स्याङ्जाले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तर, त्यसपछिको दुवै सेट बाग्लुङले २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । बिहीबार राति नै रुपन्देहीले नवलपरासीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

उपाधिसँगै बाग्लुङले १ लाख २ हजार २ सय २२ रुपैया हात पार्‍यो । दोस्रो भएको स्याङ्जाले ७२ हजार २ सय २२ रुपैयामा चित्त बुझायो । तेस्रो भएको रुपन्देहीले ४५ हजार ५ सय ५५ रुपैया तथा चौथो भएको नवलपरासीले २५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्‍यो ।

बाग्लुङका राजु विके प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । बाग्लुङकै कुस्मन थापा अनुशाषित खेलाडी घोषित भए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे । स्याङ्जाका हरि पाण्डे उत्कृष्ट स्पाइकर, बाग्लुङका मिन सुनार उत्कृष्ट सेटर, रुपन्देहीका प्रप्तम खवास उत्कृष्ट सर्भर, स्याङ्जाका कमल सुनार उत्कृष्ट ब्लकर, रुपन्देहीका जिवस रसाइली उत्कृष्ट लिवेरो, रुपन्देहीकै आदर्श रसाइली उदियमान खेलाडी घोषित हुदा स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ३–३ हजार रुपैया हात पारे ।

१९ फागुनबकाट शुरु भएको प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।

सर्वाेत्कृष्ट खेलाडी

राजु बिके – (बाग्लुङ)

अनुशाषित खेलाडी

कुस्मन थापा – (बाग्लुङ)

उदियमान खेलाडी

आदर्श रसाइली – (रुपन्देही)

उत्कृष्ट

स्पाइकर – हरि पाण्डे (स्याङ्जा)

सेटर – मिन सुनार (बाग्लुङ)

सर्भर – प्रप्तम खवास (रुपन्देही)

ब्लकर – कमल सुनार (स्याङ्जा)

लिवेरो – जिवस रसाइली (रुपन्देही)

प्रशिक्षक – राजेन्द्र शर्मा (स्याङ्जा)

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.