5 years ago
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (नोभल कोरोना भाइरस) का कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्न विज्ञप्तिमार्फत सुचना जारी गरेको छ ।
हालको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सिमा भित्र रहि युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी राखेपले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालाहरुलाई सचेत गराएको छ ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्युनिकरण गर्न राखेपले सो निर्णय गरेको बताएका छन् । ‘सुरु नभएका खेलकुद प्रतियोगिता तथा कार्यक्रम रोक्न भनिएको हो । सञ्चालनमा आएका कार्यक्रम भने पूर्व निर्धारित तालिका अनुसार समापन हुनेछन् ’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दर्शक तथा मानिसहरुको भिड खेलकुदका कार्यक्रममा हुने भएकाले आवश्यक निर्णय गर्नुपरेको राखेपले जनाएको छ । विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व खेलकुदका प्राय गतिविधि प्रभावित छन् । सोही अनुसार घरेलु खेलकुदमा समेत कोरोनाले प्रभावित पार्ने आशंका गरिएको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]