default_image

5 years ago

March 5, 2020

आर्मीलाई इनरुवा मेयर कप भलिबल उपाधि, राजेन्द्र सर्वाेत्कृष्ट

82 views

0 Bookmark

इनरुवा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको इनरुवा रात्रिकालिन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीस्थित इनरुवामा बुधबार राति भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

आर्मीले पछिल्लो एक सातामा दोस्रो उपाधि जित्न सफल भएको हो । यसअघि आर्मीले चितवनमा सम्पन्न दिवाकार स्मृति भलिबलमा एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो । आर्मीको यो सिजनको तेस्रो उपाधि हो । यसअघि आर्मीले प्रधान सेनापति कप भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । आर्मीले सोलुखुम्बुलाई तथा पुलिसले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मी २६–२४ ले विजयी भएको थियो । दोस्रो सेट पुलिसले २५–२३ ले जितेपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुई सेटमा आर्मीले एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । आर्मीले तेस्रो सेट २५–११ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । खेलको म्यान अफ दि म्या आर्मीका धन बहादुर भट्ट घोषित भए । उनले २ हजार रुपैया पाए ।

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैया हात पार्‍यो । दोस्रो भएको पुलिसले ८० हजारमा चित्त बुझायो । आर्मीका राजेन्द्र विष्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैया हात पारे ।

व्यक्तिगत विधातर्फ पनि च्याम्पियन आर्मीले नै वर्चश्व जमायो । हरि अधिकारी बेस्ट क्वीकर, हरि हजुर थापा उत्कृष्ट सेटर, इश्वर थापा लिवेरो, ज्ञानेश्वर अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका कप्ता नइम बहादुर राना उत्कृष्ट सर्भर र जमानसिंह उत्कृष्ट स्पाइकर घोषित भए । व्यक्तिगत विधाका सबैले जनही ५–५ हजार रुपैया हात पारे ।

१७ फागुनबाट शुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । लिग कम नकआउटका आधारमा भएको खेलमा दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.