5 years ago
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भण्डारी छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दा उषाले उच्च प्रदर्शन गरेकी थिइन् । युवा प्रतिभावान खेलाडी उषाले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएकी छिन् ।
सर्वाेत्कृष्ट खेलाडी घोषित भएसँगै उषाले १० हजार रुपैया र ट्रफी हात पारेकी छिन् । यस्तै व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् ।
पुलिसकी मनिषा चौधरी सर्भर र पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् । आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन् । होङ्ग्वान्जी न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिदा पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार रुपैया हात पारे ।
सर्वाेत्कृष्ट खेलाडी
सर्वाेत्कृष्ट खेलाडी – उषा भन्डारी (पुलिस)
उत्कृष्ट
सर्भर – मनिषा चौधरी (पुलिस)
ब्लकर – संगम महतो (आर्मी)
सेटर – कमला पुन (पुलिस)
लिवेरो – सलिना श्रेष्ठ (डायमन्ड)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
प्रशिक्षक – रुपेश विष्ट (पुलिस)
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]