5 years ago
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसले एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुदाको फाइदा उठाउन सफल भयो । सरस्वती इन्ज्युरीका कारण टोलीसँग छैनन् ।
पुलिसले एपिएफमाथि लामो समयपछि जित निकालेको हो । यस्तै पुलिसले एपिएफसँगको लगातार हारको श्रृंखला तोडेको छ । पछिल्लो एक महिनामा तीन भेटमा एपिएफ नै विजयी भएको थियो ।
एपिएफले काठमाडौंमा भएको ढोरपाटन डबल लिगमा दुवै पटक पुलिसलाई हराएर उपाधि जितेको थियो । यस्तै यसै सात पर्वतमा सम्पन्न भएको दिदी बहिनी कपमा पनि एपिएफले पुलिसलाई हराएर उपाधि जितेको थियो ।
पुलिसको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पुलिसले पोखरामा सम्पन्न भएको महिला भलिबलको उपाधि जितेको थियो । एपिएफ सिजनको आठौं उपाधि जित्नबाट वञ्चित रह्यो । यस्तै एपिएफ पछिल्लो एक वर्षपछि उपाधि जित्न असमर्थ बन्यो । गतवर्ष एपिएफ आदी अवादी महिला भलिबल लिगमा उपाधिबाट वञ्चित बनेको थियो ।
बुधबार एपिएफ र पुलिसबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि पुलिसले एकपक्षीय खेल पस्कदै एपिएफलाई हार चखायो ।
सुरुवात देखि नै एपिएफविरुद्ध अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । १९–१६ को अवस्थामा पुलिसले लगातार ७ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा सुरुवातमा पछि परेपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । बराबरीकै अवस्थामा पुलिसले १८–१६ को अवस्थाबाट लगातार ६ अंक जोड्दै दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो ।
प्रतिस्पर्धात्मक तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउदै २५–१८ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
१०–१४ को अवस्था रहँदा पुलिसले उत्कृष्ट कमब्याक गर्दै जित निकाल्न सफल भएको हो । पुलिसले लगातार १४ अंक जोड्दै खेललाई २४–१४ को अवस्थामा पु¥याएको थियो । २२–१४ को अवस्थामा एपिएफकी कप्तान विनिता बुढाथोकी घाइते हुन पुगेकी थिइन् ।
उपाधिसँगै पुलिसले २ लाख रुपैया हात पार्यो । दोस्रो भएको एपिएफलले १ लाख रुपैया रुपैयमा चित्त बुझायो ।
बुधबारै त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । आर्मीले ५० हजार रुपैया प्राप्त गर्यो ।
बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]