5 years ago
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।
आर्मीले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्बललाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको खेलमा खेलमा आर्मीले पहिलो सेट २५–२ज्ञ ले आफ्नो पक्षमा पारेको थियो । खेलको सुरुवात देखि नै अग्रता लिएको आमीलाई डायमन्डले पूनरागमन गर्दै १८–१८ को बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि लय गुमाएको डायमन्डले बाँकी ३ अंक जोड्दा आर्मीलाई नतिजा सुम्पिएको थियो ।
दोस्रो सेट प्रतिस्पर्धात्मक बनेपनि आर्मीले २५–२० को जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुबाटै पछि परेपनि डायमन्डले टक्कर दिएपनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा आर्मीलाई २५–२० ले नतिजा सुम्पियो ।
तेस्रो स्थान हात पारेको आर्मीले ५० हजार रुपैया हात पारेको छ । आजै उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
यि दुई टोली पछिल्लोपटक तेस्रो पटक फाइनल खेल्न लागेका हुन् । काठमाडौंमा भएको ढोरपाटन महिला डबल लिगमा यि दुई टोलीले फाइनल सरहकै खेलमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि दुई साता अघि पर्वतमा सम्पन्न दिदी बहिनी कपको फाइनलमा पनि यि दुई टोली भिडेका थिए । जसमा एपिएफ सफल भएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेेछन् ।
बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]