5 years ago
March 3, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिसक्लब भिड्ने भउको छ ।
नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनलको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती ३–२ ले पन्छाउदै पुलिसले फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । फाइनल बुधबार हुनेछ । बुधबारै डायमन्ड र आर्मीबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
एपिएफले मंगलबारै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एपिएफले डायमन्डमाथि २६–२४, २५–१७ र २५–१८ को जित निकालेको थियो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २३–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेटमा पुलिस २५–२० र २५–२१ ले विजयी हुदै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भएको थियो । चौथो सेट पुलिसले १४–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक सेटमा पुलिसले एकपक्षीय खेल पस्कदै १५–८ ले विजयी हुदै फाइनलमा पुग्न सफल भयो ।
बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेेछन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]