5 years ago
March 3, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा डायमन्डलाई ३–० का सोझो सेटमा पराजित गर्दै लगातार उपाधिनजिक पुगेको हो ।
तिस्पर्धात्मक पहिलो सेटमा एपिएफ २६–२४ ले विजयी हुन सफल भएको थियो । एक समय १४–९ को आरामदायी अग्रता लिएको एपिएफ डायमन्डले उत्कृष्ट पूनरागमन गर्दा १७–२१ ले पछि परेको थियो । तर, एपिएपफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई २२–२२ को बराबरीमा ल्याए । २४–२४ को अवस्थामा डायमन्डकी अरुणा शाहीले गल्ती गर्दा एपिएफले खेलमा पुन अग्रता लिदै पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
दोस्रो सेटमा भने एपिएफले २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा पनि २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुग्न सफल भएको हो ।
अब एपिएफले उपाधिका लागि बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस र आर्मीबीचको खेल केहीबेरमा शुरु हुनेछ ।
एपिएफसँग पराजित भएको डायमन्डले अब तेस्रो स्थानको लागि पुलिस र आर्मीबीचको पराजित हुने टोलीसँग बुधबार खेल्नेछ ।
बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेेछन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]