5 years ago
March 2, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेता बन्दै नेपालगन्जमा जारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिस अपराजित रहेर समूह ‘बी’ बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सोमबार भएको समूहको अन्तिम खेलमा पुलिसले आयोजक प्रदेश नम्वर ५ माथि ३–० को सोझो सेटमा पराजित गर्दै समुह विजेता बनेको हो ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको समूह चरणको दोेस्रो खेलमा आयोजकमाथि २५–९, २५–१५ र २५–११ को सहज जित निकालेको हो ।
यसअघि पुलिसले आइतबार होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि पनि ३–० को सोझो सेटमा जित निकालेको थियो । यो समूहबाट डायमन्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकारण पूरा भएको छ । अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता डायमन्ड तथा समूह ‘बी’ को विजेता पुलिस र समुह ‘ए’ को उपविजेता आर्मीबीच खेल हुनेछ । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।
समूह ‘ए’ मा भारतीय टोली नआएपछि एपिएफ र आर्मीले वाइ पाएर सिधै सेमिफाइनल पुग्न सफल भएको थियो । फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यसअघि सोमबारै डायमन्डले आयोजकमाथि २५–९, २५–१३ र २५–११ को सहज जित निकालेको थियो ।
आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्ग्वान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबसहित आयोजकको एउटा टोली गरी ५ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेेछन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]