5 years ago
March 2, 2020
नेपालगन्ज (हाम्राे खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब नेपालगन्जमा जारी छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको समूह चरणको दोेस्राे खेलमा आयोजक प्रदेश ५ माथि ३-० को सोझो सेटमा जित निकाल्दै डायमन्ड अन्तिम चारमा पुग्न सफल भएको हो । आइतबार पहिलो खेलमा विभागिय नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको डायमन्डले आयोजकमाथि २५-९, २५-१३ र २५-११ को सहज जित हात पारेको हो ।
आजै साँझ ५ बजे नेपाल पुलिस क्लब र आयोजकबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा जित हात पारे पुलिस समूह बी को विजेता बन्नेछ ।
समूह ए बाट साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मीले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । समूह ए मा भारतिय टोली नआएपछि एपिएफ र आर्मीले सिधै सेमिफाइनल पुग्न सफल भएको थियो ।
अब सेमिफाइनलमा पुलिस र आर्मी तथा एपिएफ र डायमन्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल मंगलबार तथा फाइनल र तेस्राे स्थानको लागि बुधबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङग्वानी न्यू डायमण्ड स्पोर्टस् क्लबसहित आयोजकको एउटा टोली गरी ५ टोलीको सहभागिता रहेको छ ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]