default_image

5 years ago

March 2, 2020

मणिमुकुन्द रनिङ कप भलिबलमा आज ६ खेल

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुदैछ । प्रतियोगिता तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा शुरु हुनेछ । 

प्रतियोगिताको पहिलो दिन समूह चरणका ६ खेल हुने प्रतियोगिताको अफिसियल इनचार्ज किसन चन्दले जानकारी गराएका छन् । दिनको पहिलो खेलमा बाग्लुङ र बाँकेबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा रुपन्देही र रोल्पा तथा तेस्रो खेलमा स्याङ्जा र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै चौथो खेलमा गुल्मी र नवलपरासी, पाँचौ खेलमा बाँके र तनहुँ तथा दिनको अन्तिम खेलमा रोल्पा र पर्वतबीच प्रतिस्पर्धा हुने ।

प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।  समूह ‘ए’ मा बाग्लुङ, बाँके र तनहुँ, समुह ‘बी’ मा रुपन्देही, रोल्पा र पर्वत रहेका छन् । समूह ‘सी’ मा स्याङ्जा, पाल्पा र कास्की तथा समूह ‘डी’ मा गुल्मी, नवलपरासी र नवलपुर रहेका छन् ।

२२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २ हजार २ सय २२ रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ७२ हजार २ सय २२ तथा तेस्रो हुने टिमले ४५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन् । चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैया पाउनेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समान ५–५ हजार रुपैया प्रदान गरिनेछ । व्यत्तिगत विधाका उत्कृष्टहरुले समान ३–३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत करिव १६ लाख रुपैया रहेको छ ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.