5 years ago
March 1, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)-विभागीय नेपाल पुलिस क्लबले छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सहज जित हात पारेको छ ।
नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा पुलिसले डायमन्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । मुख्य स्पाइक प्रतिभा मालीविनाको डायमन्डमाथि पुलिसले पहिलो सेटमा २५–१८ को सहज जित निकालेको थियो ।
दोस्रो सेटमा पनि २५–१६ को सहज जित निकाल्न सफल भएको पुलिसले तेस्रो सेटमा २५–७ को एकपक्षीय जित निकाल्यो । आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङग्वानी न्यू डायमण्ड स्पोर्टस् क्लबसहित आयोजकको एउटा टोली गरी ५ टोलीको सहभागिता रहेको छ ।
कोरोना भाइरसको त्रासकै कारण भारतको एसएसबी पुलिस टोलीले अन्तिम समयमा नाम फिर्ता लिएपछि एपिएफ र आर्मीले वाकओभर पाउदै समूह विजेतार उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
भारतको एसएसबी पुलिस टोलीले सहभागिता नजनाउने भएसँगै एपिएफ र आर्मी समूह ‘ए’ बाट विजेता र उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भएको छ । आइतबार भएको खेलमा एपिएफले आर्मीमाथि ३–१ को जित निकालेको थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]