default_image

5 years ago

February 27, 2020

विनिता र चन्द्रलाई सन्जय स्मृती प्रतिष्ठानको सम्मान

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी विनिता बुढाथोकी र चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानद्धारा सम्मानित भएका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले विनिता र चन्द्रबहादुरलाई रु ३०-३० हजार रुपैयाँले सम्मान गरेको छ ।

सन् १९९९ देखि हाल सम्म देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक (सन् १९९९,२००६ र २०१६) कास्य पदक जित्दा पछिल्लो दुई पटक कप्तानको समेत जिम्मेवारी निर्वाह गर्नुको साथै घरेलु भलिबलमा सुरुमा पूर्वाञ्चल र पछिल्लो सात बर्षदेखि नेपाल एपिएफ क्लबबाट उच्च प्रदर्शन गरेको भन्दै विनितालाई सम्मान गरेको हो । विनिताले मंसिरमा सम्पन्न १३ औं सागमा बीच भलिबलमा कास्य पदक जितेकी थिइन् ।

 

त्यस्तै २०१३ देखि २०१६ सम्म १२ औं  साग सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गनुको साथै एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोली र क्लबका माध्यमबाट भलिबलमा पु¥याएको योगदानको कदर गर्दै चन्द्रबहादुरलाई सञ्जय स्मृति प्रतिष्ठान प्रदान गरेको जनाएको छ ।

त्यस्तै प्रतिष्ठानले गत महिना एआईपिएस स्पोर्टस मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङमा पहिलो स्थान प्राप्त गरको दी काठमाडौं पोष्टका खेलकुद पत्रकार प्रज्वल ओलीलाई पनि सम्मान गरेको छ ।

यसैबीच प्रतिष्ठानले गत कात्तिकमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा उपाधि तथा काठमाडौंमा गत मंसिरमा समपन्न १३औं सागमा रजतपदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मानपत्रले सम्मानित गरेको छ । यस्तै १३औं सागको बिच भलिबलको पुरुगा तथा महिला टोलीलाई पनि प्रतिष्ठानले सम्मानित गरेको छ ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.