5 years ago
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबलमा पछिल्लो समय चोटग्रस्त खेलाडीको सुची बढ्दो छ । नेपाल एपिएफकी ओपन स्पाइकर नेविका चौधरी पनि घाइते भएकी छिन् । नेविकाको दायाँ खुट्टामा चोट लागेको छ । उनी कम्तीमा २ महिना कोर्ट बाहिर रहनुपर्ने भएको छ ।
चोटसँगै नेविकाले नेपालगन्जमा यसैसाताबाट सुरु हुने प्रधानमन्त्रीकप राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य केहि प्रतियोगिता गुमाउनेछिन् । ‘यो विगत देखिकै समस्या हो । सामान्य नै होला भन्ने ठानेर खेलिरहे । पछि केही गाह्रो भएपछि चेक अप गर्दा नली खुट्टाको हड्डी सामान्य फुटेको पाइयो ’ नेविकाले भनिन्, ‘पछिल्लोपटक चेक अप गर्दा हड्डी अली बढी फुटेको पाइयो । ढोरपाटन महिला डबल लिगपछि रेस्ट गरेको थिए । मंगलबारको रिपोर्टमा हड्डी पुरिदै आएको र एक महिनाभन्दा बढी आराम गर्नुपर्ने भनेको छ । दुई महिनाभन्दा बढी समय लाग्न सक्ने अस्पतालले जनाएको छ ।’
नेविकाले एपिएफ अस्पतालमै उपचार गराइरहेकी छिन् । ढाँडको पनि सामान्य समस्या रहेको र चोटकै कारण नेविकाले पछिल्ला समय पूरा समय कोर्टमा बिताएकी छैनन् । उनले ढोरपाटन महिला डबल लिगमा केही खेल मात्र खेलिन् । यसै साता पर्वतमा सम्पन्न चौथो दिदी बहिना कपमा एपिएफ लगातार च्याम्पियन बन्दा उनी टोलीमा थिइनन् ।
महिना दिनमा चोटका कारण कोर्ट बाहिर रहनुपर्ने उनी तेस्रो खेलाडी हुन् । राष्ट्रिय टोलीका दुई महत्वपूर्ण सदस्य प्रतिभा माली र सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर छन् । गत माघ दोस्रो साता पाँचौ आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप दौरान एपिएपविरुद्ध फाइनल खेल्ने क्रममा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबकी प्रतिभाको घुँडामा चोट लागेको थियो । एपिएफकी सरस्वती पनि सोमबारबाट चोटग्रस्त भइकी छिन् । प्रतिभाको घुँडाको शल्यक्रिया गरेपछि अहिले नियमित फिजियो गराइरहेकी थिइन् । प्रतिभा झन्डै एक वर्ष कोर्टबाहिर रहनेछिन् । सरस्वती गोलीगाँठाको चोटका कारण कम्तीमा तीन साता बाहिर रहनेछिन् ।
नेविका सात वर्षअघि एपिएफमा भर्ना भएकी थिइन् । उनले २०१४ मा नेपालमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, लगातार राष्ट्रिय टोलीमा रहेकी नेविका नेपालले कार्तिकमा बंगलादेशमा भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि र नेपालमा आयोजना भएको १३औं सागमा रजतपदक जित्दा राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भएकी थिइन् ।
नेपाल भलिबल संघले युवा खेलाडीलाई अवसर दिने भन्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्दा नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङसँगै नेविका टोलीमा पर्न असफल भएकी थिइन् । १२औं सागमा नेपालले कास्य जित्दा नेविका टोलीका महत्वपुर्ण सदस्य थिइन् । २०१७ को माल्दिभ्समा भएको एसियाली सेन्ट्रल जोन छनोटमा दोस्रो स्थान हासिल गर्दा पनि नेविका टोलीको सदस्य थिइन् ।
भलिबलको राष्ट्रिय टोलीमा नपरेपछि नेविकाले १३औं सागमा बिच भलिबलबाट नेपालको प्रतिनिधित्व गरेकी थिइन् । नेविका र विनिता बुढाथोकीको जोडीले १३ औं सागमा कास्य जित्न सफल भएको थियो । पछिल्लो ७ वर्षमा एपिएफले तीन दर्जन बढी उपाधि जित्दा नेविका टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले यो अवधिमा विभिन्न प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधिसँगै व्यक्तगत अवार्डसमेत जितेकी थिइन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]