default_image

5 years ago

February 23, 2020

भलिबल स्टार सरस्वती पनि घाइते

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली एवंम् एपिएफकी स्टार सरस्वती चौधरी कम्तीमा तीन साता कोर्ट बाहिर रहने भएकी छिन् । दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन् ।

शनिबार मात्र पर्वतमा नेपाल पुलिस क्लबलाई हराउँदै दिदीबहिनी कप जित्दा सर्वोत्कृष्ट खेलाडी बनेर फर्केकी सरस्वती आइतबार बिहान खुट्टा सुन्निएर हिड्न नसक्ने भएपछि अस्पताल गएकी थिइन् । टोली शनिबार अबेर राती काठमाडौं आइपुगेको थियो ।

‘मरो यो खुट्टामा पहिला देखि नै समस्या छ । पटक पटक बल्झन्छ,’ सरस्वतीले भनिन्, ‘हिजो फाइनल खेल्नुअघि अलिअलि दुःखाई थियो । त्यस्तोमा खेलें, पछि याद भएन । आज त खुट्टा सुन्नेर हिड्नै सकिन । डाक्टरले तीन साता पुरै आराम गर्नुपर्ने भन्नुभएको छ ।’

आफ्नो दायाँ खुट्टाको गोलीगाँठाको हड्डी नै फ्राक्चर भएको त्यसलाई वेवस्ता गर्दै आएकोले पनि पटक पटक समस्या आउने गरेको सरस्वतीले सुनाइन् । ‘शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । फेरि लामो ग्याप होला भनेर शल्यक्रिया गरेको छैन,’ उनले भनिन्, त्यसले पनि पटक पटक बल्झिरहेको छ । यसपटक लिगामेन्ट च्यातिएको छ । ‘

कात्तिकमा थाइल्यान्डमा राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि उनको सोही खुट्टामा समस्या भएको थियो । चोटका कारण सरस्वतीले नेपालगन्जमा अर्को साता सुरु हुने प्रधानमन्त्री कपमा खेल्ने छैनन् । राष्ट्रिय टोलीकी अर्की महत्वपूर्ण सदस्य चोटकै कारण प्रतिभा माली पछिल्लो एक महिना देखि कोर्ट बाहिर छिन् ।

गत महिना एपिएफविरुद्ध क्लब च्याम्पियनसिपको फाइनलका दौरान ल्यान्डिङ नमिल्दा उनको बायाँ घुँडामा चोट लागेको थियो । माघ २७ गते शल्यक्रियपछि उनी आराम गरिरहेकी छिन् । प्रतिभा भने कम्तीमा ९ महिना कोर्ट बाहिर रहनेछिन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.