5 years ago
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबलाई दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका धन बहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित चुनिाएका छन् ।
धनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरे । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार २५–१५,२५–२० र २५–२२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
एपिएफका विजय थापा उत्कृष्ट स्पाइकर र सोही क्लबका लोकेन्द्र गिरी उत्कृष्ट सेटर चुनिए । प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको नेपाल पुलिस क्लब एवंम राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर राना उत्कृष्ट सर्भर घोषित भए । आर्मीका इश्वर थापामगर उत्कृष्ट लिबेरो छानिए ।
आर्मीका ज्ञानेश्वर अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विद्याका उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले आर्मीले २, दोस्रो एपिएफले १, तेस्रो पुलिसले ५० हजार र चौथो गण्डकी प्रदेशले २५ हजार रुपैयाँ प्राप्त गरे ।
दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिपमा
सर्वोत्कृष्ट खेलाडी
धन बहादुर भट्ट क्षेत्री (आर्मी)
उत्कृष्ट
स्पाइकर – विजय थापा (एपिएफ)
सेटर – लोकेन्द्र गिरी (एपिएफ)
सर्भर – इम बहादुर राना (पुलिस)
लिबेरो– इश्वर थापा मगर (आर्मी)
प्रशिक्षक – ज्ञानेश्वर अधिकारी (आर्मी)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]