5 years ago
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार ३–० सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
आर्मीले गत माघमा काठमाडौंमा सम्पन्न पाँचौ आरबीबी एनभिए क्लब च्याम्पियसिपमा भोगेको हारको बदला लिन सफल भएको छ । बसन्तपुरमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा २५–२० को जित निकलेको आर्मीले ते्रस्रो सेटमा २५–२२ को सहज जित निकाल्दा एपिएफले कुनै पनि सेटमा आर्मीलाई बलियो चुनौती दिन सकेन । उपाधिसँगै आर्मीले २ लाख रुपैया हात पारेको छ । दोस्रो भएको एपिएफले १ लाख रुपैयामा चित्त बुझायो ।
आइतबारै नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गर्यो । गण्डकीले २५ हजार रुपैया हात पा¥यो । फागुन ७ गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]