default_image

5 years ago

February 22, 2020

एपिएफलाई दिदी बहिनी कप भलिबल उपाधि, डायमन्ड तेस्रो

138 views

0 Bookmark

पर्वत (हाम्रो खेलकुद) – विभागीय डवी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो ।

शुक्रबार नै फाइनल हुने तय भएपनि वर्षाका का सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई रण खेल शनिबार भएको फाइनलको पहिलो सेट एपिएफले गुमाएपनि त्यसपछिको बाँकी तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । एपिएफले पहिलो सेट १५–२५ ले गुमाएको थियो । त्यसपछिको बाँकी तीन सेटमा एपिएफ हावी हुदै २५–१८, २५–२१ र २५–१२ को सहज जित निकाल्न सफल भयो ।

गत माघ अन्तिममा काठमाडौंमा सम्पन्न १५औं ढोरपाटन महिला डबल लिगमा पनि एपिएफले उपाधि जित्दा पुलिसलाई अन्तिम खेलमा हराएको थियो । एपिएफको यो सिजनको सातौ उपाधि हो । यसअघि एपिएफले आठौं राष्ट्रिय खेलकुद, शेर बहादुर स्मृति भलिबल, नुवाकोटमा मेयर कप, न्यु डायमन्ड कप, एनभिए कप र ढोरपाटन डबल लिग जितेको थियो । पुलिसले भने यो सिजन पोखराको लामाचौरमा सम्पन्न तीज महिला भलिबल प्रतियोगिताको उपाधि मात्रै जित्न सफल भएको छ ।

शनिबारै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । मुख्य स्पाइकर प्रतिभा मालीविना कमजोर देखिएको डायमन्डले आर्मीमाथि २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा जित निकालेको हो ।
उपाधिसँगै एपिएफले २ लाख रुपैयाँ प्राप्त हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले १ लाख पायो । तेस्रो भएको डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न ५ टोलीले सहभागिता जनाएका थिए । ५ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.