5 years ago
February 20, 2020
पर्वत (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको बिहीबार सेमिफाइनलमा एपिएफले होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । मुख्य स्पाइकर प्रतिभा मालीविनाको डायमन्डमाथि एपिएफले २५–९, २५–१५ र २५–१८ को एकपक्षीय जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
यस्तै विभागीय डवर्जी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । मंगलबार एपिएफलाई कडा चुनौती दिएको आर्मीले बिहीबार पुलिसलाई बलियो चुनौती दिएपनि ३–० को सोझो सेटमा हार बेहोर्न पुग्यो ।
पुलिसले पहिलो सेट २५–१९ ले जितेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा पनि पुलिस २५–२३ ले विजयी हुन सफल भयो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुगन सफल भयो ।
बिहीबार नै लिगको अन्तिम खेलमा आयोजक रेडियो दिदिबहिनीद्वारा वाक ओभर पाएपछि पुलिस समूह ‘बी’ को विजेता बनेको थियो । पुलिस र एपिएफ उपाधिका लागि शुक्रबार भिड्नेछन् । सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमण्डले तेस्रो स्थानको लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन् ।
एपिएफ र पुलिसले माघ अन्तिम साता काठमाडौंमा सम्पन्न १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अन्तिमा तथा फाइनल सरहकै खेलमा प्रतिस्पर्धा गर्दा एपिएफ विजयी हुदै च्याम्पियन बन्न सफल भएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया हात पार्नेछन् । तेस्रो हुनेले ५० हजार हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार हात पार्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]