5 years ago
February 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झापा र संखुवासभाबीच प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग खेलहरु सम्पन्न भई क्वार्टर फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।
झापा समूह ‘ए’ को विजेताको र संखुवासभा समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो । दोश्रो क्वार्टरफाइनलमा सोलुखुम्बुले खोटाङको सामना गर्ने छ । सोलुखुम्बु समूह ‘बी’ को विजेताको रुपमा क्वाटर फाइनल प्रवेश गरेको हो । खोटाङ समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो ।
तेश्रो क्वार्टरफाइनलमा समूह ‘सी’ को विजेता सुनसरीले समूह ‘ए’ को उपविजेता धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम क्वार्टरफाइनमा खेलमा समूह ‘डी’ को विजेता ओखलढुंगाले समूह ‘बी’को उपविजेता भोजपुरको सामना गर्नेछ ।
दोश्रो दिनको पहिलो खेलमा भोजपुरले उदयपुरलाई २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । यस्तै संखुवासभा सुनसरीसँग २२–२५, २५–१९ र १९ –२५ ले पराजित भयो । झापाले इलामलाई २५–१५,२५–२७ र २५–१७ ले हरायो ।
अर्को खेलमा सोलुखुम्बुले उदयपुरलाई २५–२३ र २५–२३ ले सोझो सेटमा पराजित गर्यो संखुवासभाले पाँचथरलाई २५–१६ र २५–२३ ले हरायो । ओखलढुंगाले मोरङलाई २५–२० र २५–२२ ले पराजित गर्यो । खोटाङले तेह्रथुमलाई २३–२५, २५–१४ र २५–१९ ले हरायो ।
इलाम, उदयपुर, पाँचथर,मोरङ र तेह्रथुमभने लिग चरणबाट नै बाहिरिएको छ । मंगलबार सुरु भएको प्रतियोगितामाप्रदेश १ का १३ जिल्लाको सहभागिता छ ।
क्वार्टरफाइनल खेल
झापाविरुद्ध संखुवासभा
सोलुखुम्बुविरुद्ध खोटाङ
सुनसरीविरुद्ध धनकुटा
ओखलढुंगाविरुद्ध भोजपुर
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]