5 years ago
February 19, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण फागुन तेस्रो साता आयोजना हुने भएको छ । फागुन १८ देखि २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लबहरुलाई सहभागिताको लागि आमन्त्रण गरिएको बुधबार पत्रकार भेटघाटमा जानकारी गराइयो ।
प्रतियोगिताका विजेतालाई २ लाख , दोस्रो हुनेले १ लाख , तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए । विभिन्न विधामा उत्कृष्टले पनि नगद प्राप्त गर्नेछ । प्रधानमन्त्री कपलाई छैटौं संस्करणदेखि प्रदेश सरकारले अपनत्व लिन लागेको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी गराइन् ।
‘यो प्रदेशकै नम्बर एक प्रतियोगिता भएको हुँदा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ’ सांसद नमुनाले भनिन्–‘आयोजकले सोचेजस्तै साँच्चिकै अन्तर्राष्ट्रिय स्तरमो प्रतियोगिताका रुपमा स्थापित गर्न कुनै कसर बाँकी राखिने छैन ’ सांसद नमुना मुल आयोजक समितिको संयोजक समेत हुन् ।
आयोजक बाँके जिल्ला भलिबल संघले दक्षिण एसियामै नम्बर एक प्रतियोगिताका रुपमा स्थापित गर्न उद्देश्यले यसबर्षदेखि जनप्रतिनिधिको संयोजकत्वमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मुल आयोजक समिति तयार गरेको छ । मुल समितिमा जिल्लाका उद्योगपति, व्यापारी, चिकित्सक, अधिवक्ता, पत्रकार, शिक्षाकर्मी लगायत नागरिक अगुवा रहेका छन् । यसअघि संघले आयोजना गरेको अन्तरक्रियामा सबैले सघाउने र अपनत्व लिने प्रतिवद्धता जाहेर गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका सचिव भिम ओलीले प्रधानमन्त्री कपलाई केन्द्रिय संघले उच्च प्राथमिकतामा राखेको बताए । ‘यसको स्तरोन्नतिसँगै एशियाली भलिबल महासंघको क्यालेन्डरमा समावेश गर्न संघले पहल गरिरहेको छ ।’ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ओलीले भने–‘समग्र बाँके जिल्लाका लागि यो अवसर हो, तसर्थ सबैलाई साझेदारी गर्न आग्रह गर्दछु ।’
भलिबल नेपालको राष्ट्रिय खेल भएको हुँदा राष्ट्रिय खेलको प्रवद्र्धन गर्नु सबैको दायित्व र कर्तव्य हुने सचिव ओलीको भनाइ थियो ।
प्रधानमन्त्री कपमा दक्षिण एशियाली खेलकुद(साग)मा रजत पदक जित्ने नेपाली राष्ट्रिय टिमका सम्पुर्ण खेलाडीहरु नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाली सेना, न्यु डायमन्डबाट सहभागिता जनाउँदै आएका छन् ।
नेपाली तथा विदेशी टिमका सम्पुर्ण खेलाडी तथा अफिसियललाई एक साता चल्ने प्रतियोगितामा आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यवस्थापन गर्नुपर्ने भएको हुँदा यसको आयोजनामा नगद पुरस्कारसहित झण्डै तीस लाख खर्च हुने आयोजक संघका अध्यक्ष ठकुरीले जानकारी दिए ।
प्रधानमन्त्री कपको विगतका संस्करणहरुमा नेपाल, भारत र बंगलादेशको शीर्ष टिमले सहभागिता जनाइसकेको छन् । पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए ।
प्रधानमन्त्री कपको उदघाटनका लागि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरिसकिएको छ । त्यसैगरी मुख्यमन्त्री मा. शंकर पौडेल, सामाजिक विकास मन्त्री मा. सुदर्शन बराललाई आमन्त्रण गरिसकिएको सचिव ओलीले बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]