default_image

5 years ago

February 19, 2020

एपिएफ र पुलिसको जित

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपिएफले जित निकाल्दै समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को कठिन जित निकाल्यो । एपिएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले स्तब्ध बनायो । पराजय पश्चात आर्मीले पनि उपबिजेताको रुपमा समूह ए बाट सेमिफाईनलमा स्थान बनाएको छ ।

अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराउदै समूह बी को बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्ने बलियो आधार बनाएको छ । पुलिससँग पराजय भएको होङग्वान्जी न्यु डायमण्डले पहिलो खेलमा आयोजक दिदिबहिनीमाथी २५–३, २५–२ र २५–६ ले हराउँदा सेमिफाइनलको सम्भावना बलियो बनाएको थियो ।

 

आयोजक समूह बीको कमजोड टिम देखिएकाले बिहिवार हुने पुलिससँगको अन्तिम लिग खेलमा पनि आयोजक रेडियो दिदिबहिनीले जित निकाल्ने सम्भावना निकै कम छ । बिहिवारनै दुवै सेमिफाईनलका खेलहरु पनि हुने छन् ।

यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा आयोजक दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाईं र जलजला गाउँपालका वडा ३ देविन्द्र भण्डारी (रबी)लगायतको उपस्थिति रहेको थिए । प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन् ।

दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार नेहा फेन्सी स्टोरर्सका प्रोप्राईटर राजन श्रेष्ठले प्रायोजन गरेका छन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.